तोलामा पन्ध्रसयले घट्यो सुन

तोलामा पन्ध्रसयले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २१, २०७८

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज यता चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँले गिरावट आएको छ ।

चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भैरहेको छ ।