देशको कविता

देशको कविता

योगी कुलचन्द्र  |  साहित्य  |  जेठ २२, २०७८

कोरोना कहरको यो  शहरमा 
भएको छ जीवन खण्डहरमा 
आत्माको सद्भाव संसार सारा
जीवन हावाको छ मात्र सहारा 
          १
भन्छन् छ बजेट सहयोग थरीथरी
सुनसान छ,जीवन मृत्यमय सरी 
हलो अड्काई गोरु चुटीरहे छन्
बन्धनमा पारी सहयोगी भएछन् 
         २
बर्षा त पानी चिसो छ बतास नै 
दैनिकी जीवन बेरिएको पोलिथिनै 
कसैलाई कहर भो यो ठूलो शहर 
विश्वास मानवता मेटिदै छ प्रहर
        ३
मानिस, मानिसै तर्सिरहेछन् धैर
संन्त्रासले बाँंचेको कोरोना लहर
आत्म विश्वासको कमी नलिई 
आत्मा बल शक्ति नै हो बढाई 
        ४
रात रह्यो औंराख पलाई रहेको
राजनीति कुर्चिमै छ मच्चिएको
नीजि कति हो सार्वजनिक कत्ति
मानवता हराएको स्वार्थ छ गति
        ५
द्वन्द्व, भुकम्प, कोरोना कहर यो  
बर्षै पिच्छे जान्छ बाढी र पहिरो 
सहयोग अपेच्छा अनुदान ओईरो 
बालुवा पानी भो अव्यवस्थित यो
           ६ 
स्वास्थ्य, शिक्षा, रोजगारी सब नै 
लाचारी, परालम्बी, भ्रष्ट जगतमै 
बेला यही हो धुत्ने,थुत्ने अधिकार
नीति भ्रष्ट बनाई अनेकौं जालझेल 
        ७
भोक, शोक,रोगको गर्ने उपचार 
कर्तव्य के छन्, अधिकार सरकार 
सचेत भै उपचार,कोरोना कहर
हरपल सजग भै,दुरीमा नै रहेर 
         ८
निरिह जनता,भोका छन् कोठामा 
सुनसान, शून्य कोरोना कहरमा 
अस्पताल जान,लानै छ मृत्यवरण
अक्सिजन विना नै जाने भो प्राण
        ९    
बाँच्ने बचाउने कोशिस सदा लिई
जनता रहे देश, देश रहे, राजनीति
लडौं सब् जुटौ कोराना हटाउन ती
बांँच्ने बचाउने नेपाली प्रकृति प्रवृती 
           १०      
          अस्तु  ।