१५ दिनमा दुईपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१५ दिनमा दुईपटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २३, २०७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई (आन्तरिक उडान) को मूल्य बढाएको हो ।

निगमले शनिवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको छ । १५ दिनको अवधिमा मात्रै आयल निगमले इन्धनको मूल्य दोस्रो पटक बढाएको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य १०८ र हवाई इन्धनको मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम भएको छ।