कक्षा १२ को परीक्षा पूरानै मोडलमा

कक्षा १२ को परीक्षा पूरानै मोडलमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ २३, २०७८

काठमाडौं । कक्षा १२ को यस वर्षको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरेको हो । तर सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन ।

गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्षा लिएको थियो । त्यसबाहेक विद्यार्थीको आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई समेत आधार मानिएको थियो । केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना पनि रहेको जनाइएको छ ।​

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ ।