गोहीलालको विज्ञप्ति

गोहीलालको विज्ञप्ति

चेतनाथ धमला  |  साहित्य  |  जेठ २३, २०७८

म बिहानै ओछयानमै ढल्किरहेको थिएँ ।गुनीलालले हतार हतारमा आएर समाचार सुनायो - 'गोहीलालले विज्ञप्ति निकालेछ नि !'

उसले खररर सुनाएको विज्ञप्तिमा यस्तो थियो- 'म‌ैले वर्षौँ मुख्य पद चलाएँ।त्यसबाट आर्जन गरेको रू १०००रहो ।अझ रू १५०र करबापत उत्तै  फिर्ता गरेँ ।यसबाटै २ वटा पुस्तक थपेँ ।जीवनसाथीको गलामा ! तोलाको सिक्री झुन्डाइदिन सकेँ ।एउटा झुपडी न्युरोडमा जोडेँ...!' यस्तै यस्तै सुनेँ ।

विज्ञप्तिका अन्तिम हरफमा लेखिएको रहेछ- 'म सर्वथा सगरमाथाको उचाइ हुँ।सती सावित्रीझैँ  इमान र जमानमा छु ।' यसपछि गुनीलालले विज्ञप्ति सबै  निहाल्यो, ओल्टाइपल्टाइ गर्यो र तीन छक पर्‍यो ।अनि उसले मनमनै सोच्यो-'गोहीलालले आफूले न्याकेर चपाएका कयौँ निर्दोष मुनाहरू सम्झिएनछ, कति निष्ठुर ! छलछाम गर्दा पनि उप्किन सक्ने रङ्ग रोगनहरूको मात्र फेहरिस्त ओकलेछ ।'

ऊ फेरि औंला ठड्याउँदै चर्किन थाल्छ -'चुचे नक्सा गायब पार्ने गोहीलाल खोई ? ऊ सिकारले अठेसमठेस भएपछि मात्र आँसु चुहाउने गर्छ । यतिले मात्र उसलाई चित्त  बुझेन र बर्बराउँदै भन्यो -'चुरे फोरेर दक्षिणतिर सम्पदा सार्न खोज्ने त्यसको कुटिल धुन बुझ ! नत्र हामी रित्तो ढ्वाङ्ग जस्तै हुनेछौँ । झन् माटो दुख्ने छ र बाटो फुट्ने छ ।' 

'भक्तजनहरूको वा वा ! ध्वनि प्रदुषणजस्तै भइरहेको छ ।आँखा र कानहरू टट्याइरहेका छन् ।'मनमनै गुनीलाल गम्न थाल्छ र बग्रेल्ती कौतुहल आँफैभित्र पस्किन थाल्छ  र मस्तिष्कमा नयाँ झन्कार भर्छ ।

तैपनि भक्तजनहरूले गोहीलालको डकार र विकारलाई सुगन्ध ठान्छन्, प्रसादी स्वीकार गर्छन् र चरम प्रशंसा ओकल्छन् ।ती दासजस्ता भक्तहरूको हर्कतले गुनीलाललाई असह्य पीडा हुन्छ ।तसर्थ उसले बेस्सरी चिच्च्याउँदै भन्छ-'गोहीलालले सजीव र नीर्जीव  स्वात्तै निल्यो, ख्वाप्पै एमसिसीका दाह्रा र नङ्ग्राले दाब्न थाल्यो, हवासहवास्ती होलीवाइन पियो, विलासी महल र कार जोड्यो, अकुत सम्पत्ति कुम्ल्यायो र दस्तावेज लुकायो,फन्डै फन्डामा आफूलाई उभ्यायो र कान्डै कान्डले घेरियो ।तर ती सब कुरा किन बबुरो विज्ञप्तिमा आएन हँ ।' यस्तै तर्कनामा उसले आफूलाई डुबाउँछ ।ऊ फेरि औंला ठड्याउँदै चर्किन थाल्छ -'चुचे नक्सा गायब पार्ने गोहीलाल खोई ? ऊ सिकारले अठेसमठेस भएपछि मात्र आँसु चुहाउने गर्छ । यतिले मात्र उसलाई चित्त  बुझेन र बर्बराउँदै भन्यो -'चुरे फोरेर दक्षिणतिर सम्पदा सार्न खोज्ने त्यसको कुटिल धुन बुझ ! नत्र हामी रित्तो ढ्वाङ्ग जस्तै हुनेछौँ । झन् माटो दुख्ने छ र बाटो फुट्ने छ ।' 

केही त बोल,बोल !

सत्ताका भेरिएन्टले उन्मत्त भक्तजनहरू जिन्दावाद भनिरहेका छन् ।वादविवाद चर्किरहेको छ ।सर्वसत्ताको अपुङ्गो बाँडिरहेका छन् तिनीहरू ! भक्तजनहरू उसलाई धकेलिरहेछन् ।

यी सबै आकृति गाउँलेहरूले सुनिरहेका र देखिरहेका छन् चुपचाप ! चुपचाप !

गुनीलाल एक्लै चिच्च्याउँदै गोहीलालको प्रतिरोधमा उत्रिरहेको छ ।ती उन्मत्त भेरियन्टका हर्कत गाउँलेलाई अप्रिय लागिरहेको छ ।यतिकैमा गुनीलालको आवाजलाई गाउँलेले  साथ दिँदै  चिच्च्याउँछन्-' ए गोहीलालका दासहरू हो, उसका कुकर्मलाई सुनपानीले छर्केर कति चोख्याउन खोज्छौँ ? उसका दुर्गन्धलाई पनि किन सुगन्ध र अक्सिजन सम्झिन्छौँ ?'

ती प्रश्नले भक्तजनहरू मुरमुरिन थाल्छन् ।

अप्रत्याशित एकाकार भएका गाउँले र गुनीलालले सलाई कोरेर त्यो विज्ञप्तिलाई सल्काउँछन् ।अनि मुठ्ठी कस्दै भन्छन् -'गोहीलालको विज्ञप्ति गोहीकै आँसु हो'

 सिनपा- १० , ढुस्के शिखरबस्ती ,बेतिनी ,ओखलढुङ्गा ।