काठमाडौंमा चिनियाँ खोप २५ देखि २९ गतेसम्म लगाइने

काठमाडौंमा चिनियाँ खोप २५ देखि २९ गतेसम्म लगाइने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २४, २०७८

काठमाडौं । काठमाडौं महानगरपालिकाले चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा ५ दिनसम्म लगाउने भएको छ । मंगलबारबाट सुरु हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई समेटिने छ ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो । कुँवरले खोप लगाउने केन्द्र भने सोमबार तय गर्ने बताउनुभयो । अधिकांश केन्द्रहरु पुरानै भए पनि एकरदुईवटा केन्द्र फरक हुने कुँवरले जानकारी दिनुभयो ।