पन्जाब हैदरावादसँग फराकिलो अन्तरले पराजित

पन्जाब हैदरावादसँग फराकिलो अन्तरले पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १७, २०७६

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब सनराईजर्स हैदरावादसँग पराजित भएको छ । सोमबार भएको खेलमा पन्जाब हैदरावादसँग ४५ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

हैदरावादले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि लोकेश राहुलले ७९ रनको अर्धशतकीय पारी खेलेपनि टोलीको जितका लागि प्रयाप्त भएन । उनले ५६ बलको सामना गर्दै ४ चौका र ५ छक्का प्रहार गरे । 

मायांक अग्रवालले १८ बलमा दुई चौका र एक छक्कको मद्दतमा २७ रन जोडे । त्यस्तै निकोलस पुरनले २१ , सिम्रन सिंह १६ तथा डेभिड मिल्लरले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । हैदरावादका लागि खलील अहमद र राशिद खानले समान तीन तीन विकेट लिँदा सन्दीप शर्माले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले ८१ रनको अर्धशतकीय पारी खेले । उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ८१ रन जोडेका हुन् ।

२५ बल खेलेका मनिस पाण्डेले ३ चौका र एक छक्का प्रहार गर्दै ३६ रन जोडे । त्यस्तै रिद्दिमान शाहले २८, मोहमद नाभीले २० र केन विलियन्सले १४ रन जोडे । पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले दुई दुई विकेट लिए ।