सिसडोल ल्याण्डफिल साइट फेरि बन्द !

सिसडोल ल्याण्डफिल साइट फेरि बन्द !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

काठमाडौं । स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन् ।

करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा बत्ती नबलेपछि आक्रोशित स्थानीयले उपत्यकाका १८ स्थानीय निकायको फोहोर ढुवानी ठप्प पारेका हुन् ।
ककनी गाउँपालिका १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले आफ्नै नेतृत्वमा फोहोर ढुवानी बन्द भएको बताउँदै भन्नुभयो–म पार्टीको भन्दा जनताको वडाध्यक्ष हुँ, जनताको मत जितेर वडाध्यक्ष भएकाले जनताकै पक्षमा लागेर फोहोर बन्द गर्न सहयोग गरेको हुँ ।

वडा कार्यालयले गएको शुक्रबार सिसडोल साइट अफिसमा निवेदन दर्ता गराएको साइट इन्चार्ज सरकारद्धीप श्रेष्ठले जानकारी दिनुभयो । निवेदन आएलगत्तै नेपाल विद्युत प्राधिकरणलगायतका निकायलाई जानकारी गराएको उहाँको भनाइ थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।