मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

काठमाडौं । मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्रयाक)बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने समितिले जनाएको छ । 

समितिले निर्माण कम्पनीसँग सम्झौता रद्ध गरेपछि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव ल्याइएको थियो । दुई प्रस्तावमध्ये समितिले द्रुतमार्गबाट जाने निर्णय गरेको हो । जसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार विशेष परिस्थितिको कारण जनाइ खरिद प्रक्रिया पुर्‍याएर छिटो काम सम्पन्न गर्ने भनिएको छ ।

मन्त्रिपरिषद्को निर्णयपश्चात् प्रक्रिया अघि बढाइने छ । बाँकी काम नेपाली निर्माण कम्पनीहरूले नै गर्नसक्ने समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताउनुभयो । उहाँका अनुसार त्यस्ता काम विभाजन गरी ठेक्का दिइने छ । सार्वजनिक सूचना गरी खुला प्रतिस्पर्धाबाटै नेपाली कम्पनीले काम गर्नेछन् । सूचना तथा सम्झौताका प्रक्रियाको समयावधि घटाएर प्रक्रियाबाटै काम हुने बताइएको छ । आजको गाेरखापत्र दैनिकले यो समचार प्रकाशित गरेको छ ।