दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २६, २०७८

आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीब्र उतारचढावपछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २९४६.५८ अंकमा झरेको छ ।

'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८३ अंकले घटेको छ । कारोबार रकममा भने उल्लास कायमै छ । दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच भएका छन्, जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ ।

नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरूले बुधबार धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ ।

दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी र तेस्रोमा रिढी हाइड्रोपावर कम्पनी देखिएका छन् । यसैगरी अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्यारेन्सको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

धेरै गुमाउनेहरूको पहिलो नम्बरमा युनाइटेड आईडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकको शेयर मूल्य धेरै घटेको छ ।