थापाको पुनबर्हाली गर्ने निर्णय पुनरावलोकनका लागि सभामुखले दिए भ्याकेट निवेदन

थापाको पुनबर्हाली गर्ने निर्णय पुनरावलोकनका लागि सभामुखले दिए भ्याकेट निवेदन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७८

कृष्ण थापाको सांसद पदमा पुनबर्हाली गर्ने निर्णय पुनरावलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका छन् ।

प्रदेशसभा सचिलायका तर्फबाट सभामुख अधिकारी र जनमोर्चा संसदीय दल गण्डकीको तर्फबाट दल नेता पियारी थापाले सर्वोच्चमा भ्याकेट निवेदन दिएका हुन् ।  

पुनबर्हालीको अन्तरिम आदेश अन्तिम आदेश नआउँदासम्म निष्क्रिय राख्न मागेर हिजो भ्याकेट निवेदन दिइएको बताइएको छ । उक्त भ्याकेट निवेदनमाथि सुनुवाइ गर्न बिहीबार पेसी तोकिएको छ ।

पार्टीको नीतिविपरीत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेको भन्दै जनमोर्चाले सांसद थापालाई कारबाही गरेको थियो । पार्टीको कुनै भूमिकामा नरहेको पत्र जनमोर्चाले गत २० जेठमा संसद सचिवालयमा दर्ता गराएसँगै थापा पदमुक्त भएका थिए । 

पद खारेजीविरुद्ध उनी सर्वोच्च पुगे र २२ जेठमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई सांसदमा पुनबर्हाली गर्न अन्तरिम आदेश दिएको थियो ।