एउटै युवतीसँग सामूहिक सम्बन्ध राख्ने ६ जना जुवाडे पक्राउ

एउटै युवतीसँग सामूहिक सम्बन्ध राख्ने ६ जना जुवाडे पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २७, २०७८

हेटौंडा । एक युवतीसँग सामूहिक सम्बन्ध राखेको अभियोगमा हेटौंडाबाट ६ जनालाई पक्राउ गरिएको छ । हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित ६ जना पक्राउ परेका हुन् । उनीहरुले एक युवतीसँग उनको इच्छाविपरीत सामूहिक सम्बन्ध राखेको अनुसन्धान खुलेको छ ।

पक्राउ परेका ६ जुवाडेलई जबरजस्तीकरणी मुद्दा समेत चाउन लागिएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । जुवा खालबाट पक्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेको थप एक जनाले किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको खुल्नमा आएको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थप गरिएको छ ।