राहुल गांधी को नागरिकता सम्बन्धमा भारतीय गृह मंत्रालयद्वारा नोटिस जारी

राहुल गांधी को नागरिकता सम्बन्धमा भारतीय गृह मंत्रालयद्वारा नोटिस जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

राहुल गांधी को नागरिकता सम्बन्धमा भारतीय गृह मंत्रालयले नोटिस जारी गरेका् छ । यस सम्बन्धमा जवाफ दिन गृह मन्त्रालयले राहुललाई १५ दिनको समय दिएको छ ।

कांग्रेस अध्‍यक्ष राहुल गांधी को नागरिकता सम्बन्धमा विवाद खडा भएपछि  दोहोरो नागरिकता सम्बन्धमा भारतीय गृह मंत्रालयले राहुल गांधी को नाममा नोटिस जारी गरेको हो । 

काठमाडौं, एजेन्सी

कांग्रेस अध्‍यक्ष राहुल गांधी को नागरिकता सम्बन्धमा फेरि विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि दोहोरो नागरिकताको सम्बन्धमा गृह मंत्रालयले राहुल गांधीको नाममा नोटिस जारी गरेको हो। राहुल गांधीले १५ दिन भित्र यसको जवाव दिनुपर्ने छ । गृह मन्त्रालयले नोटिसमा राहुल गांधीलाई दोहोरो नागरिकताको आरोप सम्बन्धमा उनको भनाई प्रष्ट पार्न भनेको छ ।

राहुलको दोहोरो नागरिकताको सम्बन्धी यो पहिलो विवाद होइन । भाजपाका सांसद सुब्रमण्यम स्‍वामीले ने राहुल गांधी ब्रिटिश नागरिक भएको दावी गर्दै आएका छन् । सुब्रमण्यम स्वामी को उजुरीका आधारमा गृह मंत्रालयले राहुल गांधी को दोहोरो नागरिकता सम्बन्धमा नोटिस जारी गरिएको अनुमान अहिले गरिँदै छ । 

याद रहोस राहुल गांधी को  दोहोरो नागरिकता सम्बन्धमा अमेठीका स्वतन्त्र उम्मेद्वार ध्रुव राजले पहिले नै प्रश्न उठाइ सकेका छन् । उनले भनेका छन् राहुल गान्धीको  ब्रिटिश कंपनीले पाँच वर्षमा अवश्य केही नाफा आर्जन गरेको होला तर राहुलले दिएको प्रत्युत्तरमा त्यसको कतै उल्लेख गरिएको छैन् । त्यसपश्चात भाजपाले पनि प्रश्न उठाएको छ, २००४ मा राहुलले चुनावमा पेश गरेको पत्रमा कुन कम्पनीमा लगानी गरेका थिए ? 

नरसिंह रावको दावी छ कि राहुल गान्धीको भनिएको कम्पनीको नाम बैकप्स लि. हो जो लण्डनमा दर्ता भएको  थियाे । राहुल गान्धी उक्त कम्पनीको निर्देशक थिए । ब्रिटिश सरकारलाई ३१ अगष्ट २००५ मा पेश गरेको कागजात मेमोरेण्डममा राहुल ब्रिटिश नागरिक भएको स्पष्ट देखिन्छ । 

योे भाजपालाई कांग्रेस विरुद्ध चुनावमा उठाउने एउटा गतिलो नारा फेला परेको छ ।