मन्त्री थप गर्दै प्रधानमन्त्री, कोको बन्दै छन् मन्त्री ?

मन्त्री थप गर्दै प्रधानमन्त्री, कोको बन्दै छन् मन्त्री ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । ८ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले आज मन्त्रिपरिषद् बिस्तार गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संचार तथा सूचना प्रविधि मन्त्रालय आफैँले सम्हाल्दै आएका छन् ।

नयाँ मन्त्रीहरूलाई आजै शपथ खुवाउने तयारी रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र १ राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

यी हुन् नयाँ नियुक्त हुने मन्त्रीहरू:

१. नारदमुनि राना, वनमन्त्री

२. मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३. खगराज अधिकारी, गृहमन्त्री

४. नैनकला थापा, संचारमन्त्री

५. ज्वालाकुमारी साह, कृषिमन्त्री

६. . राजकिशोर यादव, उद्योगमन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८. आशा विक, वन राज्यमन्त्री