सेयर बजार खुल्दा २१ अङ्कले बढ्यो

सेयर बजार खुल्दा २१ अङ्कले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २७, २०७८

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २१.५१ अङ्कले बढेको छ ।

१५ मिनेटको कारोबारमा आएको ९० कम्पनीको सेयर कारोबार २१.५१ अङ्कले बढेको हो । 

३९ हजार १८१ कित्ता सेयर किनबेच हुँदा २ करोड ५८ लाख ८६ हजार ७९६ रुपैयाँको कारोबार भएको छ । व्यापार, जलविद्युत र जीवन बिमा बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ ।