नेप्से १.८ अंकले घटे पनि दर्जन कम्पनीको मूल्य भने १० प्रतिशतले बढ्यो

नेप्से १.८ अंकले घटे पनि दर्जन कम्पनीको मूल्य भने १० प्रतिशतले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २७, २०७८

काठमाडौँ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले घटेको छ । १.८ अंकले घटेर परिसूचक २९४४ अंकमा कायम भएको छ । 

आज कुल १६ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । जसमा समूहगत रुपमा हेर्दा बैंकिङ १७,  ब्यापार ५७,  होटल तथा पर्यटन १३, निर्जीवन बीमा ४५,  उत्पादन ३८,  अन्य ६ र जीवन बीमा भने २७३ अंकले घटेकाे छ । 

त्यस्तै विकास बैंक १२०,  जलविद्युत ८८,  फाइनान्स ६० र माइक्रोफाइनान्स समूह ७ अंकले बढे । 

नेप्से घटे पनि एक दर्जन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । पाँचथर पावर,  लिबर्टी इनर्जी,  शिवश्री हाइड्रो,  ङादी ग्रुप,  माउन्टेन इनर्जी, छ्याङ्दी,  रिडी, बरुण,  सिइडिबी,  अरुणभ्याली,  ग्रिनलाइफ हाइड्रोपावर,  जोशी हाइड्रो र पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको हो । 

हालै सूचीकृत भएको सिइडिबी हाइड्रोको मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ पुगको छ । कारोबारका आधारमा आज जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो ।

सो कम्पनीको ९९ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ७.७ प्रतिशतले बढ्यो । पुनर्बीमा कम्पनी,  लुम्बिनी विकास बैंक,  अपि पावर र नेपाल इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा अगाडि रहे ।