काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं महानगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २८, २०७८

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित गरेको छ । महानगरपालिकाले वडास्तरमा सञ्चालन गरिरहेको कोरोनाविरुद्धको खोप लगाउने कार्य बीचमै स्थगित गरेको हो ।

६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खोप जिल्लालाई छुट्याइएको संख्या पूरा भएको भन्दै महानगरले स्थगित भएको सूचना सार्वजनिक गरेको हो । जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो।