नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको भारतीय सेनाको दावी

नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको भारतीय सेनाको दावी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको भारतीय सेनाको दावी रहेकाे छ ।
हिममानवका विषयमा धेरै जिज्ञासा तथा कौतुहल कायम छ । हिममानव यस्तो हुनुपर्छ भन्ने तरह तरहका अडकल तथा अनुमान पनि छँदैछ । 

काठमाडौं, एजेन्सी 

हिममानवका विषयमा जिज्ञासा धेरै अघि देखिको हो । हिममानव यति देखिएको दावी यसअघि पनि पटक पटक नआएको होइन । 

फेरि एक पटक हिममानव यति भेटिएको समाचार आएको छ । हिमालको गुफामा रहने विश्वास गरिएको हिममानवका विषयमा स्पष्ट जानकारी तथा प्रमाण नभए पनि भारतीय सेनाले हिममानव यति भेटिएको दावी गरेको छ ।

यस विषयमा आफूसँग सपष्ट प्रमाण रहेको भन्दै भारतीय सेनाले ३ वटा फोटो सार्वजनिक गरेको छ । 

भारतीय सेनाले हिमालमा हिम मानवको पाइलाको आकृति भेटिएको भन्दै ट्विटरमा शेयर पनि गरेको छ । सेनाले सार्वजनिक गरेको फोटोमा हिउँमा ठूलो ठूलो पाइला भएको आकृति देखिएको छ, जुन हिममानव यतिको भएको दावी सेनाको छ । 

भारतीय सेनाको पर्वतारोहण अभियान दलले २०१९ अप्रिल ९ का दिन मकालु बेस क्याम्प नजिक ३२x१५ इन्च लामो हिममानवको पाइला भेटिएको दावी गरेको छ । 

अपुष्ट समाचारका अनुसार हिममानव यति नेपालको मकालु–वरुण राष्ट्रिय निकुञ्जमा मात्रै पाइन्छ । अहिले भारतीय सेनाले भेटिएको दावी गरेको हिममानव पनि मकालु बेस क्याम्पमा अन्र्तगत नै हो । 

वैज्ञानिकहरुको भने हिममानव भएको कुरामा विमती छ ।