श्रीलंकामा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा

श्रीलंकामा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

कोलम्बो । बम विस्फोटपछि श्रीलंकामा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरिएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मंगलबार उक्त प्रतिबन्ध फुकुवा गरेको सूचना विभागले जनाएको छ ।

सूचना विभागका प्रमुख नलका कालुवेवाले भने, ‘बम विस्फोटलगत्तै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन निर्णय गरिएको थियो । अहिलेको स्थिति विश्लेषण गर्दा यो प्रतिबन्ध फुकुवा गर्नुपर्ने सरकारको ठहर छ ।’

उनले स्थिति सामान्य गर्नेतर्फ चासो दिनुपर्ने बताए ।

बम विस्फोटनपछि श्रीलंकामा अघिल्लो आइतबार (अप्रिल २१) सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको थियो ।

विस्फोटमा २५३ जनाको ज्यान गएको बताइएको छ ।