छैन केही सहरमा

छैन केही सहरमा

सुनील निरौला  |  साहित्य  |  जेठ २८, २०७८

न फुले ऐँसेलु यहाँ न फुले काफल
सिक्रा सरि अलिकति भएका थाकल
न पाइन्छ यहाँ फापरको पिठो 
न पाकेको छ प्यारी र पैयूँ छिटो ।

उजाड छन बस्ती यहाँ चिन्दैन कोही  
के छोप्नु झर्छन् बसाइँ लर्केताँती जोही
न बग्छन् खोला सफा न छङछङ झरना
कसरी कति टिक्छन् हेर्ने सबै धन्न ।

गाउँमा फिर्कौं अब भन्छु 
हुन्छ कहिले जाने भन्छन्
गाउँमा भएका सबै सोध्दछु
तर बसाइँ सर्ने दिन गन्छन् ।

– हालः बेलका, उदयपुर