थकान र धपेडीले गर्दा ‍‍‍‌‌

थकान र धपेडीले गर्दा ‍‍‍‌‌

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

इण्डोनेशियामा दस दिन पहिला सम्पन्न भएको आम निर्वाचनको मतगणनामा संलग्न भएका कर्मचारी मध्ये २७२ जनाको मृत्यु भएको छ । अन्य १८७८ कर्मचारी विरामी भएका छन् । स्मरण रहोस इण्डोनेशियामा १७ अप्रिलका दिन एकै चरणमा आम निर्वाचन गराइएको थियो । 

जकार्ता, इण्डोनेशियामा १७ अप्रिलका दिन सम्पन्न भएको आम निर्वाचन पछि दुखद समाचार आइरहेका छन् । मतगणना कार्यमा संलग्न कर्मचारी मध्ये २७२ कर्मचारीको मृत्यु  भएको छ । 
इण्डोनेशियामा मतदान ब्यालेट पेपरबाट गरिन्छ, यी कर्मचारी ब्यालेट पेपर गन्ने काममा संलग्न रहेका थिए । 

चुनावी खर्च कम गर्न इण्डोनेशिया सरकारले देशभरी एकै दिनमा चुनाव गर्ने निर्णय गरेको थियो । देशका १९.३ करोड मतदाताले प्रेसिडेन्सियल र पर्लियामेण्ट्री चुनावमा मतदान गरेका थिए । प्रत्येक मतदाताले पाँचवटा ब्यालेट पेपरमा छाप लगाउनु पर्नेे थियो । 

इण्डोनेशियाको जनरल इलेक्शन कमिश्नरका अनुसार अहिलेसम्म २७२ कर्मचारीको मृत्यु भैसकेको छ भने अन्य १८७८ कर्मचारी विरामी भएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार कामको धपेडी र थकान नै मृत्युको कारण हो । 

स्वास्थ्य मन्त्रालयले इलेक्शन काउण्टिङ्गमा खटिएका कर्मचारीको स्वास्थ्य बारे सजगता अपनाउन निर्दैश दिएको छ । साथै वित्त मन्त्रालयले चुनावी मतगणनाको क्रममा मृत्यु भएका कर्मचारीलाई मुआब्जा दिने निर्णय गरेको छ । 

हातले गन्ने मतपत्रका कारण मतगणना एकदमै ढिलो भइरहेको छ । निर्वाचन आयोगका अनुसार २२ मे सम्म मतगणना पूरा हुनेछ । 

अहिलेसम्मको मतगणना अनुसार वर्तमान राष्ट्रपति जोको विडोडोले अग्रता लिएका छन् ।