उपत्यकामा खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी

उपत्यकामा खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७८

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । ३१ जेठसम्मका लागि तोकिएको निषेधाज्ञाको समय भोलि सकिँदै छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर घटे पनि जोखिम घटी नसकेको प्रजिअहरूको आँकलन छ । यस कारण केही प्रावधानहरूलाई खुकुलो पारेर थप एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरूको तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

खाद्यान्नका पसल खोल्ने समय बढाउने विषयमा प्रजिअहरू सहमत भएका छन् भने अन्य व्यवसायलाई पनि बारअनुसार खोल्न दिने विषयमा छलफल भइरहेको बताइएको छ ।

खेतीको समय पनि भएकाले कृषिसम्बन्धी कार्यलाई सहजीकरण गरिदिने तयारी पनि छ ।