उपत्यकामा निषेधाज्ञा एक साता थप, के के खोल्न पाइन्छ ??

उपत्यकामा निषेधाज्ञा एक साता थप, के के खोल्न पाइन्छ ??

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो ।

पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय भोली  सोमबार सकिँदै छ ।

काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ ।

बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ ।

पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइनेछन् भने हार्डवेयर पसल बेलुका ४ बजेपछि खोल्न दिने निर्णय पनि प्रजिअहरुले गरेका छन्  ।

त्यस्तै, रेस्टुरेन्टहरुबाट ‘टेक अबे’ गर्न पाउने निर्णय पनि प्रजिअहरुले गरेका छन् । 

आवासीय कामदार राखेर व्यवसायहरु सञ्चालन गर्न पाउने निर्णय पनि प्रजिअहरुले गरेका छन् ।