माधव नेपालको घुमफिरः ११ महिनामा १० विदेश भ्रमण

माधव नेपालको घुमफिरः ११ महिनामा १० विदेश भ्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

काठमाडौं । चीन भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको छ ।

उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा बढी चीन तीनपटक गएका छन्  । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, ब्राजिल एक–एकपटक भ्रमण गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा  वीरेन्द्र ओलीले लेखेका छन् ।