पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३१, २०७८

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्वस्थ भइ अस्पताल भर्ना हुनु भएको  छ । 

स्वास्थ्यमा समस्या भएपछि उहाँलाई सोमबार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

कमजोरी महसुस भएपछि चिकित्सकको सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएको उनका  प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी गराउन भयो । 

खनाललाई यसअघि कोरोना संक्रमण भएको थियो । कोरोनामुक्त भइ अस्पतालबाट घर फर्केको केही दिनपछि उनको स्वास्थ्यमा फेरि समस्या देखिएको हो।