१२७ स्थानमा सार्वजनिक शौचालय बनाउँदै महानगर

१२७ स्थानमा सार्वजनिक शौचालय बनाउँदै महानगर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सय २७ स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ ।

उपमेयर हरिप्रभा खड्की नेतृत्वको कार्यदलले सार्वजनिक शौचालय बनाउने स्थानको पहिचानसमेत गरिसकेको छ ।

महानगरका अनुसार शौचालयको डिजाइन र लागत अनुमान निकाल्ने काम इन्जिनियरको टोलीले गरिरहेको छ । निर्माण, सञ्चालन र व्यवस्थापनका लागि कानुन निर्माणको कामसमेत भइरहेको महानगरले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।