धोका एमालेलाई कि विपक्षी गठबन्धनलाई ? थप पराजय रोक्न ओलीको केही लचकतासँगै नेपाल फसादमा !

लोकसंवाद टिप्पणी

धोका एमालेलाई कि विपक्षी गठबन्धनलाई ? थप पराजय रोक्न ओलीको केही लचकतासँगै नेपाल फसादमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०७८

देशको राजनीतिक गतिरोधसँगै एउटै दल विभिन्न हैसियतामा  देखा परिरेकव छ ।  खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वका हिसाबले सिंगो देशलाई एकढिक्का बनाएर संविधान कार्यान्वयनमा जाने जिम्मा २०७४ को निर्वाचनबाट पाए पनि उनले विपक्षीलाई त साथ लिन सकेनन् । तर निर्वाचनमा गठबन्धन हुँदै पार्टी एकतामा आएको माओवादी केन्द्र तथा एमालेभित्रै बलियो उपस्थिति रहेका झलनाथ खनाल   र माधवकुमार नेपालजस्ता नेताहरु ओलीको साथ लिन नसकत्ता नेकपा विभाजीत नै भयो भने एमाले विभाजनको डिलमा पुग्यो भने देश अस्थिरता भुमरीमा फसीरहेको छ । 

एकपछि अर्को गर्दै हैकमवादी निर्णय  लिएर देशलाई नै संकटको दिशातिर धकेलेका कारण यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको विश्वास घटदो क्रममाछ । त्यसैले यतिबेला माओवादी केन्द्र त विपक्षमा पुगेको छ नै उनकै पार्टी एमाले पनि आधा सत्ता पक्ष र आधा विपक्षी गठबन्धनमा छ । केन्द्रमा मात्रै होइन, कर्णाली, सुदूरपश्चित प्रदेशमा पनि एमाले सत्ता पक्ष र विपक्षी दुवैतिर विभाजित छ ।

ओली आफ्नै व्यवहारले एक्लिदै गएका छन् । जसले गर्दा अब ओलीलाई पुनः शक्ति आर्जनका लागि एकढिक्का एमाले चाहिएको छ । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा कारबाही गरिएका सांसदको रिटको सुनुवाई गर्दै ओलीको महाधिवेशन आयोजक समितिको वैधानिकतामाथि प्रश्न उठाएपछि ओली पक्ष झनै घेराबन्दीमा मात्र होइन  अत्तालिएको अर्थात् हतास मानसिक्तामा देखिएका छन् । त्यसैले ओली पक्षले विभिन्न रुपमा माधवकुमार नेपाल पक्षमा गएका नेताहरुलाई पार्टीमा फर्काउन वार्ताका अनेकन प्रयास जारी छ । 

ओली समूहले माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुसँग वार्ता गरिरहँदा नेपाल भने कोटेश्वरस्थित आफ्नै निवासमा विपक्षी मोर्चाका नेताहरुसँग छलफलमा व्यस्त थिए । दोस्रो प्रतिनिधिसभा विघटनसँगै नेपाल घोषित रुपमा नै विपक्षी मोर्चामा रहँदै आएका छन् । जसले ओलीविरुद्ध कठोर कदम भन्दा कठोर कदम चालिरहेका छन् । यसैक्रममा सोमबार नेपालले आफ्नै निवासमा विपक्षी गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग ओलीविरुद्धको गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन् ।

देशभर देखिएको शृङ्खलाबद्ध पराजय रोक्न यतिबेला अध्यक्ष केपी शर्मा ओलीलाई माधवकुमार नेपाल समूहको साथ खोज्न थालिए छ । केही समयअघिसम्म माधवकुमार नेपाल समूहबिना नै आफू बलियो रहेको दाबी गर्दै आएका ओलीले कर्णाली, सुदूरपश्चिम सरकार फेरबदलको कोशिस, राष्ट्रियसभा उपनिर्वाचनमा पराजय हुँदै सर्वोच्चबाट पनि पछिल्लो समयमा एकपछि अर्को गर्दै आफूविरुद्ध फैसला आउन थालेपछि नेपालको साथ खोजेका छन् । तर नेपाल समूह सहजै ओलीसँग फकिने अवस्था देखिएको छैन ।

लीविरुद्धको गठबन्धनले ओली संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रतालाई कुन्ठित पार्दै विपक्षी गठबन्धनलाई समेत कमजोर बनाउने रणनीतिमा लागेका कारण सचेत बन्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका थिए । बैठकमा सहभागी भएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काकाअनुसार गठबन्धनलाई अझ दृढ बनाउँदै लैजाने तथा आपसमा अविश्वास पैदा गराउन सक्ने भएकाले त्यसमा सतर्क रहने विषयमा समेत छलफल भयो । 

न्यायालयमाथि देखिनसक्ने प्रभाव रोक्ने तथा न्यायालयको स्वतन्त्रता र संवैधानिक मर्यादा कायम राख्न भूमिका खेल्ने समेत सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जेठमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि नेपाल पक्षका २३ सहित १४६ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । जसमाथि आगामी ९ असारबाट निरन्तर सुनुवाई हुने तय भइसकेको छ । 

सर्वोच्चमा देउवाको पक्षको स्पष्ट बहुमत प्रस्तुत गरिएको छ भने राजनीतिका हरेक मोर्चामा ओलीलाई यतिबेला असफलता मात्रै हात लागेका कारण उनी नेपाल पक्षका २३ सांसदको हस्ताक्षर फिर्ता गराएर सर्वोच्चमा परेको रिटलाई कमजोर बनाउने र नेपाल पक्ष विपक्षी मोर्चामा रहँदा विभिन्न प्रदेशमा सत्ता समीकरणमा परेको संकट रोक्न ओली पक्षले सक्रियता देखाएकाे हो । 

नेपाल पक्षलाई साथ लिन सकेमा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली र सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बनाउने एमालेको दाउ छ । त्यसैले ओली लचक बनेको समयमा माधवकुमार नेपाल पक्ष ओलीसँग मिल्नसक्ने भय विपक्षी गठबन्धनमा देखिन्छ । त्यसैले पनि देउवा र प्रचण्डले माधवकुमार नेपाललाई ओली पक्षमा पुग्न नदिन भूमिका खेलिरहेका छन् । 

एमालेका दोस्रो तहका नेताहरु छलफलमा

पार्टी एकता जोगाउने भन्दै एमालेका दोस्रो तहका नेताहरु क्रियाशील भइरहेका छन् । केही दिनअघि नेपाल पक्षका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा पार्टी अध्यक्ष केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफलका लागि तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारीका लागि तयार हुने तथा माधवकुमार नेपाल र झलनाथ खनाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग संवाद नगर्ने तर विपक्षीसँग गठनबन्धन बनाउन तयार भएको भन्दै यसैले एमालेभित्र समस्या खडा गरिरहेको दाबी गरेका थिए । शीर्ष नेताहरुबीच यसरी संवादहीनताको अवस्था रहँदा दोस्रो तहका नेताहरु भने आफ्नो समूह र सामूहिक रुपमा पनि छलफलमा जुटिरहेका छन् । 

सोमबारमात्रै अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङलगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । उनीहरु माधवकुमार नेपाल पक्षको माग अनुसार नै २ जेठ, २०७५ को पेरिफेरीबाट सहमति जुटाउने कोशिसमा लागेका छन् । 

वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र भीम आचार्य लगायतका नेताहरुबीच पनि सोमबार गोकर्ण बिष्टको निवासमा लामो छलफल भएको छ ।जसमा पार्टीलाई एकढिक्का बनाउने उपायबारेमा छलफल भएको छ । अध्यक्ष ओलीको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि दुई पक्षबीच छलफल झन तीव्र बनेको छ । एमालेलाई एक बनाउन लागिपरेकै कारण पछिल्ला दिनमा प्रदेश–१ र बागमतीमा दुवै पक्ष सरकारको नीति तथा कार्यक्रम पारित गराउन एक ठाउँमा उभिएका छन् ।

पार्टी एक ठाउँमा ल्याउन सके कर्णाली र सुदूरपश्चिममा सरकार बनाउन सक्ने दाउ ओली पक्षमा देखिन्छ । तर नेपाल पक्षले सुदूरपश्चिममा ह्वीप उल्लंघन गर्ने ७ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । माधवकुमार नेपाल समूह पछिल्लो समयमा आक्रामक हुँदा पनि अध्यक्ष ओली पहिले भन्दा लचिलो बनेका छन् । देशभर माधवकुमार नेपालसहितको विपक्षी गठबन्धनका कारण एकपछि अर्को पराजय भोगेपछि ओली नरम बनेका छन् ।

ओलीले एकताका लागि २ जेठ, २०७५ को अवस्थामा फर्किन तयार रहेको सहित ६ बुँदे प्रस्ताव राखेका थिए । जसमा नेता नेपालले पनि ६ बुँदेमै जवाफ फर्काएका थिए । यद्यपि त्यसपछि सो विषयमा थप छलफल हुन सकेको छैन । ओली पार्टीलाई २ जेठ,२०७५ को अवस्थामा फर्काउन तयार भएपनि माओवादी केन्द्रबाट आएका आफू पक्षका नेतालाई आफूले पार्टीमा दिएकै हैसियतमा कायम राख्नुपर्ने र माधवकुमार नेपाल समूहले सर्वोच्चमा रिटमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ । जसमा नेपाल समूह सहमत भइ सकेका  छैनन् । 

देशभर देखिएको शृङ्खलाबद्ध पराजय रोक्न यतिबेला अध्यक्ष केपी शर्मा ओलीलाई माधवकुमार नेपाल समूहको साथ खोज्न थालिए छ । केही समयअघिसम्म माधवकुमार नेपाल समूहबिना नै आफू बलियो रहेको दाबी गर्दै आएका ओलीले कर्णाली, सुदूरपश्चिम सरकार फेरबदलको कोशिस, राष्ट्रियसभा उपनिर्वाचनमा पराजय हुँदै सर्वोच्चबाट पनि पछिल्लो समयमा एकपछि अर्को गर्दै आफूविरुद्ध फैसला आउन थालेपछि नेपालको साथ खोजेका छन् । तर नेपाल समूह सहजै ओलीसँग फकिने अवस्था देखिएको छैन ।

माधवकुमार नेपाल समूहलाई पनि ओली समूहसँगै तत्कालै एकतामा पुगिहाल्न सहजता छैन । ओली समूहसँग मिलिहालेमा पनि नेपाललाई पूर्ववत रुपमा अघि बढ्न सहज हुने छैन । अर्को नेपालले एमालेसँग जाँदा विपक्षी गठबन्धनलाई धोका दिनुपर्नेछ । विपक्षी गठबन्धनले उनलाई ओलीले एमालेभित्र पेलिरहेका बेला बलियो साथ दिँदै बागमतीबाट राष्ट्रिय सभामा डा.खिमलाल देवकोटालाई जिताएको थियो । ओलीविरुद्धको मोर्चाको बलियो साथकै कारण पनि नेपाल तत्कालै ओलीसँग मिलिहाल्ने पक्षमा देखिदैनन् । शीर्ष नेताहरुको मुख मिलिनसकेका कारण पनि एमालेको एकता सोचेजति सहज र छिटो हुन भने धेरै बाधा अड्चन देखिएका छन् ।