मन्त्री दीपक मनाङेलाई कारबाही गर्न माग

मन्त्री दीपक मनाङेलाई कारबाही गर्न माग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०७८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई कारवाहीको माग गरेको छ । राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र   सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र  लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो ।

खेलकुदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु  खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।