त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तीन सय भित्र

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तीन सय भित्र

लोकसंवाद संवाददाता  |  शिक्षा  |  बैशाख १८, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको तीन सय भित्र परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेसनले गरेको ¥याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो ।

एसिया क्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।