जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निश्कासनका लागि पायो अनुमति

जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निश्कासनका लागि पायो अनुमति

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १, २०७८

धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर निश्कासनका लागि अनुमति दिएको छ। कम्पनीको चुक्ता पुँजीको ३२.५० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर निश्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । शेयर निश्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । 

यसको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।