काठमाडौंका १८६ स्थानमा नाइटभिजन सिसिटिभी क्यामेरा

काठमाडौंका १८६ स्थानमा नाइटभिजन सिसिटिभी क्यामेरा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको हो । नाइटभिजन क्यामेरा समेत जडान गरिने बताइएको छ ।

सिसिटिभी क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५ फागुनमै हस्तान्तरण गरिसकेको समाचार आजको नयाँ पत्रिका दैनिकमा तीर्थराज बस्नेतले लेखेका छन् ।