मानव बेचबिखन अनुसन्धान ब्युरो बेकामे

मानव बेचबिखन अनुसन्धान ब्युरो बेकामे

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

काठमाडौं । आवश्यक कानुन अभावमा मानव बेचबिखन अनुसन्धान ब्युरोले स्थापनाको महिनौं बितिसक्दा पनि काम थाल्न सकेको छैन ।

२०७५ जेठ २७ को मन्त्रिपरिषद्ले मानव बेचविखनको समस्या व्यापक रहेको भन्दै नेपाल प्रहरीमा उक्त ब्युरो स्थापना गर्ने निर्णय गरेको थियो ।

कार्यालय र दरबन्दी सिर्जना भइसके पनि मानव बेचविखन अनुसन्धान स्थापना तथा कार्यसञ्चालन नियमावली २०७५ अभावमा ब्युरो कामविहीन बनेको समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।