५१ कम्पनीका शेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त (विज्ञप्तिसहित)

५१ कम्पनीका शेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १, २०७८

धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी दोस्रो बजारमा कारोबार गर्नका लागि जोखिमयुक्त भनेको छ ।

बोर्डले एक विज्ञप्ति जारी गरी जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताको पक्षमा काम गर्नका लागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त देखिएको बोर्डको भनाइ छ ।

विगत १ वर्षको अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०० र सोभन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बताइएको छ ।

'उक्त सूचीकृत संगठित संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको व्यहोरा जानकारी गराउन चाहन्छौँ', बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति: