आइपिएल : प्लेअफबाट बाहिरियो बैंग्लोर

आइपिएल : प्लेअफबाट बाहिरियो बैंग्लोर
बैंग्लोरविरुद्ध ह्याट्रिक विकेट लिएपछि खुसी मनाउँदै राजस्थानका श्रेयस गोपाल । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १८, २०७६

काठमाडौं । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग (आइपिएल)मा प्लेअफबाट बाहिरिएको छ । मंगलबार राती बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल रद्द भएपछि बैंग्लोर प्लेअफको अघिल्लो चरणमा पुग्न नसकेको हो ।

बैंग्लोरको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट स्टेडियममा वर्षाले प्रभावित पारेपछि खेल नतिजाविहीन भएको थियो । वर्षाको कारण ५ ओभरमा घटाइएको खेलमा बैंग्लोरले राजस्थानसामु ६३ रनको लक्ष्य प्रस्तुत गर्यो । राजस्थानले जवाफी ब्याटिङ गरिरहँदा ३.२ ओभरमा पुनः वर्षा भएपछि खेल रद्द भयो । त्यतिबेला राजस्थानले १ विकेट गुमाएर ४१ रन जोडेको थियो ।

खेल रद्द भएपछि दुवै टिमले १–१ अंक बाँडेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो । बैंग्लोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डिभिलियर्सले १० रन जोडे ।

बैंग्लोरविरुद्ध राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । त्यस्तै ओशाने थोमसले २ विकेट लिए ।

बैंग्लोर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ ।