आसारामका छोरालाई आजन्म कारावास

आसारामका छोरालाई आजन्म कारावास

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६


सूरत / भारतका चर्चित तथा विवादास्पद गुरु आसाराम छोरा नारायण साईलाई सूरतको सेशंस कोर्टले आजन्म कारावासको सजाय दिएको छ । 

सूरतका दुईजना दिदी बहिनीले आसाराम तथा उनका छोरामाथि बलात्कारको आरोप लगाएका थिए । 

नारायण साईलाई सजाय सुनाउने बेलामा कोर्टको वरिपरि सुरक्षाको किलाबन्दी नै गरिएको थियो । आसाराम र नारायणका समर्थकले उपद्रो गर्नसक्ने आशंका लाई मध्यनजर गरी प्रहरीले सुरक्षाको पर्याप्त व्यवस्था गरेको थियो । 

नारायण र आसाराममाथि सूरतका दिदी बहिनीले ११ वर्ष पहिला बलात्कारको आरोप लगाएका थिए । 

बहिनीले नारायणमाथि र दिदीले आसाराममाथि बलात्कार गरेको बयान दिएका थिए । नारायणलाई आज सजाय सुनाइएको छ भने आसाराम विरुद्ध गाँधीनगर कोर्टमा मुद्दामा चलीरहेको छ । नारायण र आसाराम

दुबै जेलमा रहेका छन । आसारामलाई यो भन्दा पूर्व नै बलात्कारको अर्को मुद्दामा आजीवन कारावासको सजाय भइसकेको छ । 

सूरतको अदालतले नारायणका अन्य चार जना सहयोगीलाई दस दस वर्षको कैद सजाय तोकेको छ । दसवर्षे सजाय पाउनेमा धर्मिष्ठा नाम गरेकी गंगा, भावना नाम गरेकी जमूना, राजकुमार नाम गरेका रमेश

मल्होत्रा र पवन नाम गरेका हनुमान रहेका छन् । आसाराम संचालित विभिन्न ट्रष्टका नाममा भारतभर झण्डै दश हजार करोडको सम्पति रहेको छ । 

एजेन्सीहरुबाट