भेटियो १५ हजार वर्ष पुरानो मानव पाइलाको छाप

भेटियो १५ हजार वर्ष पुरानो मानव पाइलाको छाप

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

चिलीमा १५ हजार वर्ष पुरानो मानव पाइलाको छाप भेटिएको छ । यस नयाँ खोजले दक्षिण अमेरिकी महाद्विपमा सर्वप्रथम मानिस पुगेको पुरानो अवधारणामा चुनौती पुगेको छ । 

सैंटियागो, आइएएनएस । वैज्ञानिकहरुले चिलीमा १५ हजार वर्ष पुरानो मानव पदचिन्ह खोजेका छन । यसलाई दक्षिण अमेरीकी माहद्धीपमा पाइएको सबैभन्दा पुरानो पदचिन्ह मानिएको छ । 
यस नयाँ खोजले दक्षिण अमेरिकी महाद्धीपमा सर्वप्रथम मानिस पुगेको घट्नाक्रम सम्बन्धी अनुमान र अवधारणामा चुनौती प्रहार हुन गएको छ । 

यस शोध र खोज टोलीमा सम्मिलित केरेन मोरेनोका अनुसार–पुर्वमा उपलब्ध साक्ष्य र प्रमाणका अनुसार यस क्षेत्रमा मानिसकोे आगमन भएको १२ हजार वर्ष पनि पुगेको छैन । 
चिलीमा प्राप्त यस पदचिन्हले भने अनेकौं प्रश्न खडा गरेको छ । 

यस पदचिन्हको जीवाश्म अध्ययनले ज्ञात हुन आयो, यो कुनै वयस्क मानवको पदचिन्ह हो । कार्बन डेटिंग प्रविधिबाट यो पदचिन्ह  १५ हजार वर्ष पुरानो भएको संज्ञानमा आएको छ । 

यसभन्दा पहिला पूर्वी अफ्रिकी देश तंजानियामा प्राचीन मानव पदचिन्ह भेटिएको थियो । यो पदचिन्ह २६ लाख वर्ष पुरानो थियो । यसैगरी गतवर्ष ब्रिटिश कोलम्बियामा पनि मानव पदचिन्ह भेटिएको थियो ।  कार्बन डेटिंग प्रविधिबाट यो १३ हजार वर्ष पुरानो भएको थाहा हुन आएको थियो ।