जीवन विकास लघुवित्त : असार ११ देखि आईपीओ खुला

जीवन विकास लघुवित्त : असार ११ देखि आईपीओ खुला

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३, २०७८

काठमाडौँ ।  जीवन विकास लघुवित्तले ११ असारदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३० हजार  ४२० कित्ता कर्मचारी र कुल निश्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको छ । 

बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आईपीओमा १५ असारसम्म आवेदन दिन सकिन्छ । 

यस आईपीओलाई इक्रा नेपालले आईआर ‘बीबीबी’ माइनस अर्थात् ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्छ ।