थोरै ओरालोमा नेप्से

थोरै ओरालोमा नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३, २०७८

आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२९ अंकले ओरालो लागेर २ ९६८.४३ मा ओर्लेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.५३ अंकले घटेर ५४१.१२ मा सीमित भएको छ ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको शेयरमा जोखिम रहेको बताएको दोस्रो दिन आज कुल २२३ वटा कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये लघुवित्त समूहको शेयर सबैभन्दा बढी अंकले घटेको छ । सो समूह ६४.७४ ले घट्दा बैंकिङ १०.६ , व्यापार १४.६७, जलविद्युत् २.९५, उत्पादन ११.८४, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.२१ अंकले घटेका छन् ।

होटल तथा पर्यटन ३६.६, विकास बैंक ९४.२५, फाइनान्स ३३.६६, निर्जीवन बीमा ५२.९८, अन्य २६.७२, जीवन बीमा १५.०५ ले बढेका छन् ।

कारोबार भएकामध्ये ९६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ८१ वटा कम्पनीको भने बढेको छ । ६ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७७ करोड ३७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, नेसनल हाइड्रोपावरको ३० करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको २७ करोड ३९ लाख २९ हजार ५३१, नेपाल पूर्वाधार बैंकको २४ करोड ५४ लाख ५० हजार ७०८ र हिमालयन डिस्टिलरीको २४ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.४२ प्रतिशतले कमाउँदा नेपाल फाइनान्स ५.६१, कर्णाली डेभलपमेन्ट बैंक ५.२३, सोल्टी होटल ५.१३ र ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले ५.०४ प्रतिशतले आर्जन गरे ।

सीईडीबी हाइड्रोपावर ६.५५, छ्याङदी हाइड्रोपावर ३.५१, ङादी पावर ३.४७, माउण्टेन इनर्जी ३.४२ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले २.६१ प्रतिशतले गुमाए ।