प्रतिष्ठानबाट सुनामकाे बिदाई

प्रतिष्ठानबाट सुनामकाे बिदाई

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १८, २०७६

काठमाडाै । २०७६ वैशाख १७ गते बुधवारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानका सङ्गीत उपनिर्देशक कलाकार केशव सुनामलाई एक समारोहकाे आयाेजना गरि  बिदाई गरिएकाे छ ।

करिब चालिस वर्षसम्म प्रज्ञा–प्रतिष्ठानमा दीर्घसेवा गरी अनिवार्य अवकाश लिनुभएका सङ्गीत उपनिर्देशक सुनामलाई कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा. जगमान गुरुङले कुशलतापूर्वक प्रज्ञा–प्रतिष्ठानको दीर्घसेवा गरेकामा कदर गर्दै अबिरको टीका लगाइदिई फूलमाला र खादा ओडाई सम्मान गर्नुभएको थियो । कुलपति उप्रेतीले सुनामलाई मृदुभाषी, मिलनसार र कर्तव्यपरायणका साथै प्रतिभाशाली कलाकार भन्दै उहाँको कार्यकाल अत्यन्त सन्तोषजनक रहेको बताउनुभयो । 

कर्मचारी परिवारका तर्फबाट सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले सुनामका सुकार्यहरूबारे प्रकाश पार्नुभएको थियो । भ्वाइलिन, किबोर्ड एवम् हार्मोनियम वादक सुनाम २०३७ सालमा प्रज्ञा–प्रतिष्ठानमा कलाकारका रुपमा सेवा प्रवेश गर्नुभएको नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएकाे छ ।  

कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा‍.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. गोपिन्द्र पौडेल, माया ठकुरी र प्राज्ञ सभा सदस्य शशी लुमुम्बू  लगायतकाे उपस्थिति रहेको थियो । 
य