चीनमा क्यानेडियन नागरिकलाई मृत्युदण्ड

चीनमा क्यानेडियन नागरिकलाई मृत्युदण्ड

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

३० अप्रिल मंगलबार, चीनको एउटा अदालतले एकजना क्यानेडियन नागरिकलाई मृत्युदण्डको सजाय दिएको छ । गत वर्षदेखि चीन र क्यानाडाको सम्बन्धमा कटुता उत्पन्न भएको हो । क्यानाडाले चीनको प्रतिष्ठित मोबाइल निर्माता कम्पनी हुवावेको  सिएफओलाई गिरफ्तार गरेपछि दुबै देशको सम्बन्धमा कटुता आएको थियोे । 

वेजिंग, एजेन्सी । चीनको गुआंगदाेंग प्रान्तको जियांगमेन ट्रिब्युनल कोर्टले क्यानाडाका नागरिक फैन वेइलाई मृत्युदण्ड दिएको छ । 
फैन वेइमाथि लागू पदार्थ तस्करी गरेको आरोप थियो । 

अदालतले यसै मुद्दामा एक जना अमेरिकी नागरिक र एकजना स्थानीय चिनीया नागरिकलाई पनि मृत्युदण्डको सजाय दिएको छ । 

अदालतले अमेरिकी नागरिकलाई मृत्युदण्डको सजाय दिएपनि यसलाई दुई वर्षका लागि निलम्बनमा राखेको छ । 

अन्तर्राष्ट्रिय वृत्तमा क्यानेडियन नागरिक फैन वेईलाई दिइएको मृत्युदण्डको सजाय क्यानाडा र चीनबीच चलिरहेको झगडाको रुपमा लिइएको छ । 

गतवर्ष क्यानाडाले चीनको मोवाइल बनाउने कम्पनी हुवावेका  सिएफओ  मेंग वानजोउलाई गिरफ्तार गरेको थियो ।

मेंगको गिरफ्तारीको प्रतिक्रियामा चीनले क्यनाडाका एकजना व्यापारीलाई  हिरासतमा लिएको थियो ।