पेरिस दुर्दिनको बिझाइ: रानी लड्न लाग्दा समातेर राम्रो काम गरेँ या खराब ?

पेरिस दुर्दिनको बिझाइ: रानी लड्न लाग्दा समातेर राम्रो काम गरेँ या खराब ?

डा. राम भक्त ठाकुर  |  साहित्य  |  असार ५, २०७८

सन् १९८० मा परराष्ट्र मन्त्रालयबाट पेरिसमा फ्रेन्च भाषा र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पोष्ट ग्रेजुएटको अध्ययन गर्न गएको थिए  र सन् १९८१ अगस्टको आखिरमा उत्कृष्ट  नतिजा लिई फर्केकोमा परराष्ट्र सचिव साह्रै नै गद् गद् हुन भएको मैले पनि महसुस गरेको थिएँ । शायद,  फ्रान्सबाट राम्ररी पढि आउने म पहिलो अफिसर पनि भएको हुनाले पनि होला । सचिवले मलाई धेरै नै माया गर्दै अरुहरुलार्य पनि खुशी व्यक्त गर्नुभएको थियो । भोलिपल्ट मन्त्रालय जाँदा सचिवले बोलाई भन्नुभयो–

'रामभक्त, तिमी श्री ५ सँग पेरिसमा हुन लागेको अनि कम विकसित राष्ट्रहरुको प्रथम शिखर सम्मेलनमा हिँड । तिम्रो पढाई पनि यहि विषयको भएको र फ्रेन्च भाषा पनि जानेको हुनाले मद्दत हुनेछ । अं, राजाको एउटा भाषणको पनि तैयार पारेर २–४ दिन भित्रै देउ ।'

 म हत्प्रद भए । सोचेकै थिइन यसरी भाग्य म माथि कृपागर्ने छ भनेर । बोल्नै सकिन । हाथ जोडे त्यति नै उभिराखे । 

'ल ! ल ! अहिले दुई बजे दरबार जान्छु तिमी पनि हिड्, राजासँग दर्शन गराउँछु, अनि आफ्नो काममा लाग्नु ।' सचिवले सारा कुराहरु एकदम सजिलो गरि भन्नुभयो तर मेरो लागि खुशी र भाग्य छाना फोडेर झरे जस्तो अनुभव भइरहेको थियो । युवा अफिसर, तीस एकतीसको उमेर थिए होला । 

'हवस ! म तैयार रहन्छु' म अत्यन्तै खुशी भएर जवाफ दिए । मन मनमा सोंचे, पहाड-तराई भन्ने केहि हुँदो रहेन छ । मेहनत गरे र इमान्दार भए सबै दुर्लभ पनि प्राप्त हुँदो रहेछ । मनमनै मैले सचिवको भलोको कामना गरे । यस्तो राम्रो सचिव पनि हुँदो रहेछ । मधेशको कर्मचारीलाई दूर्गति हुन्छ भनि सुनेको थिँए, त्यस बेला सबै असत्य सावित भएको अनुभव गरें । 

अपरान्ह सचिवसँग दरबार मंगल सदनमा गए । बाहिर केहि बेरसम्म कुर्नुपर्‍यो । अनि भित्रबाट बोलाहट आएपछि सचिवसँगै म पनि भित्र गएँ । जीवनमा पहिलो चोटि दरबार भित्र गएको थिएँ । मनमा डर जस्तो लागि रहेको थियो । केहि गल्ती होला कि मबाट किनभने दरबारिया धेरै कुरा मलाई थाह थिएन । सचिवसँगै म राजाको अगाडि उभि रहेको थिँए । सचिवले राजाको दर्शन गर्नुभएको जस्तै मैले पनि गरेँ । 

'सरकार ! यो सेक्सन अफिसर रामभक्तले पेरिसबाट धेरै राम्रो पोष्ट ग्रैजुएट पढेर आएको छ । यसलार्य पनि भ्रमण दलमा सामेल गरुँ कि ? त्यहाँ भाषमा सजिलो पनि हुनेछ ।'
म हाथ जोडेर खडा भएको थियो । 

'कति समय पढ्यौ' ? राजाले मलाई हेरि सोध्नु भयो । 

'डेढ वर्ष ।' शान्त जवाफ दिएँ । 

त्यसपछि केहि कुरा भएन । सचिवले मलाई बाहिर गएर कुर्न भनेर आफु भित्रै बस्नुभयो । 

एक हप्ता भित्रै मैले एउटा भाषण लेखेर सचिवलाई दिएँ । पछि थाह पाएँ, भाषणा ५ ठाऊमा लेखाइएको रहेछ । मलाई भ्रमणको अग्रिम दलमा जान सबै स्वीकृत भयो । पैसा, पासपोर्ट आदि सबै लिएर तैयार भएँ । पढेर आएको ८–१० दिन पनि भएको थिएन म फेरि पेरिस रवाना भए । मसँग अग्रिम दलमा सँगै जाने सैनिक, प्रहरीको एसपी, सूचना विभागका महानिर्देशक र एक जना अरु थिए । याद भएन को थिए । हामी चार जना विधिवत् तरिकाले पेरि प्रस्थान गर्‍यौं ।

रामजेले त्यो साडीलाई देखाउन अघि बढि सकेको थियो । म रानीलाई अघि बढ्न ठाऊँ छाड्दै थिए त्यसै बेला रानीको खुट्टा साडी वा के मा अल्झेर रानी लड्खडाउनु भयो र लड्ने स्थितिमा पुग्नुभयो । म त्यहीसँगै उभेको थिए । रानी लड्न लागेको देखेर दुवै हातले रानीलाई समातेर सम्हाले । रानी एक छिनमा सामान्य अवस्थामा पुग्नुभयो । रानी लड्खडाएको देखेर अंगरक्षक मेजरसाहब पनि दौडेर पुग्नुभयो तर तवसम्म अवस्था सामान्य भै सकेको थियो ।

पेरिस स्थित राजदूतावासलाई हामी आउने जानकारी गराई सकेको हुनाले चार्ल्स द गाल अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका कर्मचारी हामीलाई लिन आएका थिए । हामीलाई त्यहाँ केहि असुविधा भएन । दूतावासका कर्मचारीले हामीलाई लिएर सोझै साँजे लिजे नजिक रु द वासिंगटनमा रहेको हाम्रो राजदूतावासमा राजदूत साहेवसँग भेटाउन लगे । राजदूतले मलाई राम्ररी चिन्नुहुन्थ्यो । भख्खरै पढेर फर्केको । मलाई हेरि खुशी  हुनुभयो । र, हामी सबैको स्वागत गर्नुभयो । त्यहाँ गर्नुपर्ने कुराहरु हामीलाई बताएर हामीलाई ठीक गरेको होटलमा छाडि आउन र रात्रीको खाना वहाँकै निवासमा खानेसम्म निम्ता गर्नुभयो । हामी सबै दंग परि वहाँलाई धन्यवाद दिँदै कन्कर्ड नजिकैको कोठाहरु रिर्जव गरेको होटलमा हामीलाई पुर्‍याइयो । त्यस बेला दिउसोको करिब तीन बजेको थियो । 

हामी निक्कै खुशी थियौं । यद्यपि म त्यस ग्रुपमा सबै भन्दा कम उमेरको थिएँ । कुराकानी त्यति नमिले पनि भाषाले गर्दा सबैले मलाई महत्व दिएर के के गर्ने सबै बताउँदै थिए । साँझ पर्‍यो र हामीलाई राजदूतावासको गाडी लिन आयो । सबै हामी तैयार भई राजदूत निवास गयौं । बाटोमा पेरिसको झिलमिलि, राम्रा सुकिला मान्छे, पुरुष महिलाका जोडी, फेशन, शालिनता हेर्दै साँझ लिजे एभेन्युबाट चार्ल्स दगाल एत्वालबाट मोडेर हामी २०–२५ मिनेटमा राजदूत निवास पुग्यौं । तीन तल्ले फ्रेन्च डिजाइनको घर । बाहिर ठुलो ढोका । एक जना अर्दलीले हामीलाई स्वागत गरी माथि लिएर गए ।

मेरो जीवनमा शाही भ्रमणको सिलसिलामा सबै पहिला चोटि देखेर अचम्म लागि रहेको थियो । मानिस, जीवन, सभ्यता तथा संस्कृतिको मूल्य मन मनै मिलाउँदै थिए । त्यसबेला त मलाई पेरिस पृथ्वीको स्वर्ग नै हो भन्ने कुरामा विश्वास हुन थालेको थियो । माथी राजदूत साहेबले हामीलाई न्यानो माया साथ स्वागत गर्नुभयो र सरकारको सवारी लगायत कार्यक्रम, युनोस्कोमा उद्घाटन र अन्य क्रियाकलापबारे चर्चा गरी भोलिपल्टदेखि नै काममा लाग्न निर्देशन दिनुभयो । नेपाली खाना तयार थियो  हामीसँगै खायौं र रात्री नौ बजेतिर आफ्नो होटलमा फर्कि सुत्यौं । 

भोलीपल्टदेखि नै, युनेस्को, फ्रेन्च सरकार (जसको अफिस युनेस्कोमा नै अस्थायी राखेको थियो), सुरक्षा, प्रेस, अन्य कार्यक्रमहरु बारे युद्धस्तरमा लाग्यौ । भ्रमण दलमा ३२–३३ जना आउने भएपछि सबैको सुत्ने, खाने, यातायात आदिको व्यवस्था गर्नेतर्फ हामी जुट्यौ । यो भ्रमण औपचारिक भएतापनि संयुक्त राष्ट्र संघसँग सम्बन्धित भएको हुनाले पाँच जना अतिथी बाहेक सबै हामीले मिलाउनु पर्ने फ्रेन्च सरकारले बताएको हुनाले हामी हरेक पक्षलाई ध्यान दिएर व्यवस्था गर्दैथ्यौं । 

राजा रानी बस्ने कन्कर्ड स्क्वारकै पश्चिमको ठूलो अतिविशिष्ट होटल कन्कर्डमा गर्‍यौं । फ्रेन्च सुरक्षा र परराष्ट्रका पनि अधिकारीहरू साथमा थिए । भव्य सुइट थियो । नेपोलियनको नामको त्यो सुइट हेर्दा म रहन सहनको उच्चस्तरको कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगेको थिँए । विस्तारै समय पनि वित्दै गयो र राजाको सवारी आउने भयो । हामी सबै चार्ल्स द गाल विमनस्थलमा राजदूत साहेवसँग गएर स्वागत गर्न गयौं । फ्रेन्च सरकारतर्फबाट कोपरेशन मन्त्री पनि विमानस्थलमा राजा–रानीको स्वागत गर्न गयौं र सवारी कन्कर्ड होटल तिर लाग्यो । राजारानीलाई स्वागत सहित होटलको कोठामा स्थापित गरेर हामी फर्‍क्यौं ।

भोलीपल्ट एल. डी. सी. सम्मेलनको फ्रान्सका राष्ट्रपति फंसर्वा मितरांबाट उद्घाटन थियो र त्यसैक्रममा ESCAPECWA क्षेत्रको तर्फबाट राजाबाट सम्बोधन थियो । हामी सबै खुबै उत्साहित थियो । सारा कुराहरु मिलाए पछि भोलीपल्ट राजारानीलाई लिएर राजदूत लगायत म पनि संगसँगै युनेस्को हलतर्फ लाग्यो र मन्चमा राजालाई राखे पछि दर्शक दीर्घामा आएर बस्यौं । राजाको सम्बोधन अत्यन्तनै मर्मस्पर्शी र भावुक बनाउने थियो । सबैले ठूलो तारिफ गरे । प्रेस, पत्रपत्रिका पनि राम्रो प्रशंसा सहित चर्चाहरु गरेको पाइयो । मूख्य काम सकेपछि अरू दलका सदस्यहरू आफ्ना कमिटिमा छलफल गर्न थाल्नु भयो । 

यसै क्रममा खाली समयमा रानीले फ्रेन्च सिफन साडी खरिद गर्ने इच्छा व्यक्त गर्नुभयो । शनिबार साँझमा राजासँगै बसेर तमाम दलका सदस्य खाना खाँदै कुरा भईरहेको थियो । यो चाँहि मुश्कीलको काम थियो । रात्रीको ८–९ बजे थियो । भोलीपल्ट आइतबार । पेरिसका सबै पसल बन्द । अनि यो जिम्मा मैले पाएँ । चिटचिट पसिना निस्कयो । मैले हाथ जोडेर भने– 'सरकार ! भोली बन्द छ,  गाह्रो हुन्छ कि ?' 

सरकारका सचिवहरू सबैले अच्चमित भएर मलाई हेरि रहेका थिए । तर कोही केही भनेन । राजदूतले आँखाले केहि इशारा गर्नु भयो तर मैले बुझिन । रानी शान्त भएर सुनि राख्नु भएको थियो । केहि बोल्नु भएन । 

'यू ट्राई, एम्बेसडर नोज वेल ।' राजाले सजिलो पार्दै भन्नुभयो । हुन त हो, राजदूत साहबले १–२ चोटि मलाई त्यहाँ पहिले पढ्दाखेरि साडी काममा लगाई सक्नुभएको थियो । तैपनि म आतिएको थिए । 'हेर न' भनेको मतलब नै आदेश हो । त्यहाँ कति सदस्यहरू खुबै खुशी भए जो मैले भाषाले गर्दा राजारानीसँग पाएको प्राथमिकतालाई मन पराएका थिएनन् । भगवानलाई धेरै धन्यवाद मलाई राजदूतले मद्दत गर्नुभयो । साथै मलाई त्यो मानिसको सम्झना पनि भयो जससँग त्यहाँ पढ्ने बलामा पनि राजदूतावासका लागि फ्रेन्च सिफन खरिद गरि ल्याउने काममा मद्दत गरेका थिए । उसको पसल ओपेरा जाने बाटोमा पर्थ्यो । तर आइतबारले मलाई मुश्किललमा पारेको थियो । 

'सरकार ! म पुरा कोशिस गर्छु ।' 

राजा मुसुक्क हाँसेको देखे तर रानीलाई शायद त्यति खुशी देखिन । 

राजाको भोजपछि म सीधा भागेर नजिकै रहेको आफ्नो होटलमा गए र साडी व्यापारी रामजे भन्ने व्यक्तिलाई फोन गरें । उनी यहुदी थिए । नेपाललाई माया गर्ने व्यापारी । कति कति साडी पठाएको हुनाले मेरो फोन पहिले पटकमा उठाए । उसको अगाडिको अक्षर पनि राम र मेरो पनि पहिलो अक्षरहरू राम भएकोले मैले उसँग दोस्ती बनाएको थिँए । उसो त मलाई कुटनैतिक क्षेत्रमा अहिले पनि पुराना विदेशी साथीहरू रामको नामले नै चिन्दछन् । 

'के पर्‍यो राम यस्तो राती फोन गर्‍यौ ?' व्यापारी रामजेले सोधे । 

'मुश्किल पर्‍यो, तिमीले मद्दत गर्नुपर्‍यो, नत्र मलाई नराम्रो होलाु  । मैले एकै साँसमा सारा कुरा बताए । 

'हुन्छ, म एक बजेपछि पसल त खोल्दिन तर ढोका खोलेर बस्छु । आए हुन्छ । भित्र पसेर जति साडीलिन चाहे हेरेर मलाई बताउनु, भोलीपल्ट म होटलमा पठाई दिने छु ।' रामजेले मलाइ निश्चिन्त गर्दै भने । 

म बल्ल शान्तिको साँस फेरे र फोनबाट राजाका सचिवलाई भोली १ बजे पछि जाने मिलाएको जानकारी गराएँ । सचिव खुशी हुनुभयो । भोलीपल्ट रानी र रानीका अंगरक्षक मेजर साहवलाई लिएर रामजेको पसलमा पुगे । तल बन्द थियो । माथि जाने ढोका खुला थियो । त्यसैबाट चढेर एकतल्लामा करिब करिब स्टोर जस्तै साडी झुण्ड्याएको हलमा रामजेले स्वागत गर्‍यो ।

बाहिरको झ्याल पनि खोलेर बरू बत्ती बालेर झुण्ड्याईएका सबै साडीहरू रानीलाई देखाउन थाल्यो । भित्र साडीको अम्बार लागेको थियो र आवागमन गर्न निकै गाह्रो थियो । म रानीकै छेउमा उभेर रामजेले भनेका सबै कुराहरू नेपालीमा रानीलाई सुनाउँदै थिए । मेजरसाहेब त्यो हलको एक कुनामा उभेर सबै हेर्दै हुनुहुन्थयो । रानीले मन पराएका साडीहरू रानीका सुसारेहरू एउटा ठूलो थैलामा राखि रहेका थिए । त्यसैबेला रानीको नजर कुनै राम्रो नयाँ आएको साडीको डिजाइनमा पर्‍यो ।

रामजेले त्यो साडीलाई देखाउन अघि बढि सकेको थियो । म रानीलाई अघि बढ्न ठाऊँ छाड्दै थिए त्यसै बेला रानीको खुट्टा साडी वा के मा अल्झेर रानी लड्खडाउनु भयो र लड्ने स्थितिमा पुग्नुभयो । म त्यहीसँगै उभेको थिए । रानी लड्न लागेको देखेर दुवै हातले रानीलाई समातेर सम्हाले । रानी एक छिनमा सामान्य अवस्थामा पुग्नुभयो । रानी लड्खडाएको देखेर अंगरक्षक मेजरसाहब पनि दौडेर पुग्नुभयो तर तवसम्म अवस्था सामान्य भै सकेको थियो । तर म भित्र कुन्नि किन हो भय पैदा भएको थियो र जिउ कामी रहेको थियो  । 

उपरान्त साडीरू सबै मन पराएर साहु रामजेलार्य जिम्मा लगाइयो । उसले भोलीपल्ट होटल कन्कर्डमा पुर्‍याई दिने भन्यो । हामी सबै रानीको सवारी त्यहाँबाट फिर्ता होटलमा लिएर  आयौं । 

होटलमा गएर एक छिन आराम गरेपछि तल लबीमा ओर्लिदा त असमान्य अवस्था भेटाएँ । सबै गम्भिर, कोही पनि नबोल्ने, म कसै कहाँ गए पनि उ अर्कोतिर लाग्ने । 'के हो यो ? किन यस्तो वातावरण ? के भएको छ यहाँ ? अहिलेसम्म त सब ठिकै थियो ?'  मेरो मनमा हजारौ प्रश्नहरू उत्पन्न हुन थाले । पछि थाह भयो कि रानी लड्दा मैले समाते भनेर खैलाबैला भएछ । कोहीले मलाई तिमी नराम्रो गर्‍यो भन्छ, कोही दण्ड हुन्छ भन्छन् त कोही इनाम पाउन सक्ने पनि बताए । तर सबै चुपचाप शान्त भावले मानौ इशारामा कुराकानी भैरहेको भान हुनथो । 

१५–२० मिनेट पछि राजाको नीजि सचिव र परराष्ट्र सचिवले मेरो बाहुला तान्दै एक कुना तिर लग्नुभयो र सोध्नु भयो–'होइन, के भएको हो ? रानीलाई तपाईले समातेको हो ?'  मलाई काटे रगत पनि नआउने गरि यी शब्दहरूले प्रहार गर्‍यो । खुट्टामुनिको जमिननै हटेको जस्तो लाग्यो । एकछिन त रिंगटा लाग्ला जस्तो भयो । सम्झना आएन कि के भयो त्यस्तो ? किन यति मात्रामा संकटकालिन अवस्था जस्तो परिस्थिति उत्पन्न भएको ? 

मैले आफुलाई सम्हाले । बोल्न खोज्दा बोली पनि प्रस्ट निस्केन । सचिवजीसँगै म पनि कुर्सिमा बसे । 

'होइन सत्य कुरा बताऊ रामभक्त, म तिमीलाई न्याय दिलाउँछु' परराष्ट्र सचिवले मलाई हिम्मत दिनुभयो । 

'मलाई केहि थाह छैन के भएको हो, तर रानी लड्न लाग्दा मैले दुवै हातले रोके नत्र रानी तल भुँयमा लड्नु हुन्थ्यो ।' मैले धेरै हिम्मत जुटाएर भने । 

'ल, ठिक छ, चिया खाउ, अब राती कुरा हुँदा म सबै कुरा राजामा जाहेर गर्छु, पछि के हुन्छ मलार्य थाह छैन, तर कुरा धेरै गम्भिर छ ।'

'मैले त रानीलाई लड्नबाट बचाएको हो', मैले हिम्मत साथ भने । राजाका सचिव र परराष्ट्र सचिव दुवै उठ्नुभयो र जाँदा जाँदै भन्नुभयो–'अब राती नै थाह हुन्छ ।' अनि दुवै माथि तल्लामा भर्‍याङ्गबाट जानुभयो । मलाई अब एक मिनेट पनि काट्न मुश्किल परेको थियो । छटपट भयो । सबै साथीहरू एताउती गए मसँग कोहि पनि बसेन । मेरा सारा सापनाहरू एैना जस्तै फुटेर झरेको जस्तो भयो । यहाँ आउँदा कति उत्साहित भए आएको थिएँ र आज भविष्य नै के होला भनि दाउँमा लागेको भान भयो । 

राती आठ बजे राजाको बैठकमा विस्तारै सबै जम्मा हुन थाले । म पनि एक कुनामा राखेको कुर्सिमा बसे । सधैं म सँग खुव गफ गर्ने साथी, सचिव, सुरक्षा अधिकारी, प्रेसका व्यक्ति, कोहि पनि बोलन रुचाएन । मलाई लाग्यो शायद मैले कुनै जधन्य अपराध या पाप गरेको छु ।  किन यसरी अवहेलित भएको ? 

सबै रेष्टुराँमा खान गए । मलाई खान मन लागेन । मनमा ज्वारभाटा उठेको अनुभूति भईरहेको थियो । आँखामा आँसु गहभरि भरेर आयो । चुपचाप म आफ्नो कोठामा गएर ईश्वरलाई सम्झदै ओछ्यानमा लडे । मैले अब के गर्ने समझमा आईरहेको थिएन । मेरो कोठामा दुई वटा बेड थियो । अर्को बेडमा एक जना लपटेन सुतथ्ये । उनी त्यस बेलामासम्म आई पुगेका थिएनन् । यसैगरी कोल्टो फेर्दा फेर्दै धेरै रात वितिसकेको थियो । अचानक बेल बज्यो र मैले ढोका खोले– लपटेन रहेछन् । 

'अहिले सम्म न सुतेको ?' उनी लरबराउँदै मलाई सोधे । 

'निद्रा छैन ।'

उनले मलाई हेरे । 

'किन उदास जस्तो देखिन हुन्छ ? आँखामा पनि आँसु देख्छु, के भएको हो ?'

मैले सारा कुरा केहि न लुकाई उनलाई सुनाएँ । 

'ए ! अनि त माथि कुरा जरसाबले गर्दै हुनुहुन्थ्यो । नडराउनु, जानेर गरेको होइन, राम्रैको लागी गरेको हो ..........ल सुत्नुस् म त सुते' भनि उनी आफ्ना ओछ्यानमा डंग्रंग लडि हाले । म छटपटाउँदै रात भरि सुत्न सकिन । 

भोलीपल्ट सबै नास्ता खाने बेलामा जम्मा भएर राजारानी त्यहाँबाट इटलीको भेनिस सवारी हुने तैयारीमा जुटे । मेरो बारेमा कसैले केहि कुरा गरेन । सचिवज्यूहरूले पनि गर्नुभएन । 

यसप्रकार पेरिसबाट, भेनिस, दोहा, कराँची हुँदै नेपाल राजारानीको सवारी फिर्ता भयो । सब आफ्ना काममा लाग्नुभयो मानौ पेरिसमा कुनै घटना नै घटेको थिएन । केहि दिन मै मेरो पोस्टिंग चीनस्थित नेपाली राजदूतावासमा द्वितीय सचिवको रुपमा भयो । पेकिंग गएपछि त्यहाँ मैले थाह पाए शाही भ्रमण दलका सबै सदस्यहरूलाई राजाले तक्मा दिनुभएछ । रानीको कपाल कोर्ने सुसारे । हेयर ड्रेसर देखि जुता पालिस गर्ने अर्दलीसम्म सबैले पाएँ । एउटा  मलाई मात्र छुट्याइयो ।  किन होला, थाह छैन ? त्यस बेलाको परम्परा भ्रमण दलका सबैलाई तक्मा प्रदान गर्ने चलन हुन्थ्यो ।  

मलाई आजसम्म थाह भएन मैले रानीलाई लड्नबाट बचाएर राम्रो काम गरे या खराब ? मलाई दण्ड भो या पुरस्कार अझै बुझेको छैन । तर यो मेरो मनमा आजसम्म गडेको छ यदि त्यसबेला मैले गोदवा पाएको भए म आफ्ना समकालिनहरू भन्दा धेरै पहिले नै पदोन्नति पाएर, धेरै धेरै नै माथिका ओहदामा पुगि सक्ने थिए होला । रानी लड्दा समातेको पेरिसको त्यो दुर्दिन आजसम्म मलाई बिझाइ रहन्छ ...............!