सुख र खुसीको खोजी : सूचनाको हकको सफल प्रयोग र अभियन्ताप्रतिको कष्टप्रद यात्रा

फर्केलान् र ती दिनहरू

सुख र खुसीको खोजी : सूचनाको हकको सफल प्रयोग र  अभियन्ताप्रतिको कष्टप्रद यात्रा

हरिविनोद अधिकारी  |  साहित्य  |  असार ५, २०७८

जीवन र जगतका बारेमा जति खोज्यो उति नयाँ नयाँ कुराहरू पत्ता लाग्छन् र त यो खोज अनादि कालदेखि हुँदै आएको छ र अहिले पनि जारी छ । पहिले अण्डाको उत्पत्ति भयो कि कुखुराको भन्ने विवाद रहिरहला तर कसरी मानवको उत्पत्ति भयो भन्ने कुरामा यथार्थ अनुमानका भरमा नै सीमित छ ।ब्रह्म र ब्रह्माण्डका बारेमा अनेक सिद्धान्त प्रतिपादित छन् र सबैको आफ्ना तरिकाले जबाफ दिनेचाहिँ पूर्वीय दर्शन नै भएको छ किनभने जुन दर्शनका आधारमा पूर्वीय दर्शनले जीवन र जगतका  बारेमा व्याख्या गरेको छ, ती कतिपय तथ्यका आधारमा गरेका विकासले आज जसलाई हामी विज्ञान भन्दछौँ, त्यसको विकास भएको हो । 

अनादि कालदेखि नै अनवरत खोजीमा लागेका पूर्वीय मनीषीहरूका तपस्याले आत्मा र शरीरका बिचको रहस्य  पत्ता लगाएका थिए  र आजको समयलाई सबैको समान रूपले साझा पृथ्वीको धारणा बनाउन सफल भएका थिए । मानवीय जीवनलाई  अनुशासनमा बाँधेर परलोकको समेत भयले नैतिकवान् बन्न मद्दत गरेको थियो । तर्कले पूर्वीय दर्शन आस्तिक र नास्तिक बाटोमा लागेको देखिए पनि आस्तिक मानिएका भक्ति मार्गले नै प्रकृति र पुरुषको व्याख्या गरे, परा र अपरा विद्याको विभाजन गरे, विद्या र अविद्याको सीमा कोरेर मानव जीवनलाई अरूको हितमा, परोपकारमा यसरी अभ्यस्त बनाए कि महर्षि श्रीकृष्ण द्वैपायन वेदव्यासले आफूले तयार गरेका महत्त्वपूर्ण स्मृतिमध्ये महापुराण, उपपुराण, उपनिषद, वेदको नयाँ व्याख्या समेतमा सहज तरिकाले भने - सत्य बोल, धर्माचरण गर, माता, पिता, गुरु तथा अतिथिलाई देवता मान अर्थात् देवताको एउटा आदर्श कल्पना गरेर नयाँ जीवन बाँच्ने बाटो बनाए र मैले बनाएका अठार पुराणको सारांश भनेको नै 'परोपकार पुण्याय, पापाय परपीडनम' अर्थात् परोपकार नै सबैभन्दा पुण्यको काम हो, पाप भनेको अर्कालाई दिने दुःख हो ।

भौतिकता र आत्मिकता दुवैको समिश्रणले जीवनलाई असल बाटोमा हिँडाउन सकिन्छ भन्ने मान्यता पूर्वीय दर्शनमा पाइन्छ । हाम्रा दैनिक व्यवहारहरू, सामाजिक बानी बेहोराहरू अहिले पनि तिनै आदर्शबाट अभिप्रेरित छन् ।  कति राम्रोसँग शरीर, मृत्यु, आत्मा र परमात्माका बारेमा भनिएको छ कि हामीले प्रत्येक क्षण भोगिरहेका छौँ । देखिने मात्र सत्य होइन र नदेखिने पनि सत्य होइन । बुझेको मात्र सत्य होइन अनि नबुझेको पनि सत्य होइन । 

अहिले कोरोना भाइरस देखिँदैन तर त्यसबाट आक्रान्त मानव समाजले त्यसलाई कसरी परिभाषित गर्ने ? हावा देखिँदैन तर हामीले भन्यौँ हावामध्येको एउटा हावा जुन पृथ्वीमा मात्र पाइन्छ होला, त्यो प्राण वायु वा अक्सिजन नभई प्राण चल्दैन । अक्सिजनलाई पनि शरीरमा कसरी लिने वा कहिले लिने वा कति बेर शरीरले लिन छोड्छ भन्ने कतिपय कारणहरू विदित छन् कतिपय कारणहरू अविदित छन् । विदित भएका कुराहरू पनि खोजीले नै पत्ता लागेका हुन् र अविदित कुराहरू पत्ता लाग्दै छन् ।

मानिस वा प्राणी किन अनित्य छ ? किन अमर हुन सक्दैन ? अनि जन्मको रहस्यलाई कसरी व्याख्या गर्न सक्छौँ ? अनि मृत्युको नि ? आयु कसरी निर्धारण हुन्छ ? जन्मँदै या कर्मले ? कुनै घटना हुनका लागि पहिले नै तोकिएको अदृश्य शक्तिको हात छ कि कर्म गर्दागर्दै नियमित रुपमा भएका घटना हुन् ? अनि कर्मले भन्दा पनि भवितव्यले अचानक घटेका घटनाले के कुराको सङ्केत गरेको हुन्छ ? के ठिक हो, के बेठिक हो? सबै कुराको जबाफ किन एउटै हुँदैन ? यी सबै कुराहरूको कुनै जबाफ अझै पाइएको छैन र  जे जबाफ पाइएको छ, किन ती एक प्रकारका छैनन् ? समाजपिच्छे फरक फरक धारणा अझै किन छन् ? जबाफ खोजीले मात्र दिन्छ, त्यही खोजीको बाटो नै पूर्वीय दर्शन हो जसले संसारलाई आलोकित बनाएको रहेछ । 

भारतको सूचनाको हकसम्बन्धीमा अध्ययन भ्रमणमा गएको थिएँ फ्रिडम फोरमका तर्फबाट । मैले भारतको सूचनाको हकको सफल प्रयोग र सूचनाका अभियन्ताप्रतिको कष्टप्रद यात्राका बारेमा सुनेको थिएँ तर भारतमै गएर अध्ययन  गर्ने मौका परेको थिएन ।

मानिसहरू सुख र खुसीको खोजीमा छन् । जुनसुकै प्राणीमा पनि जन्मँदैको गुण भनेको खुसी हुनु र खुसीको माध्यमबाट सुखी हुनु हो । तर के हो त सुख अनि खुसी ? यसको कारण भौतिकता हो कि आध्यात्मिकता हो ? आत्माको अस्तित्व छ कि छैन ? शरीरका विभिन्न इन्द्रियहरूले मागेको सहजता नै सुख हो कि इन्द्रियको आवश्यकता पूरा नगर्नु या शरीरको मागबमोजिम कुनै काम गर्न नसक्दा दुःख उत्पन्न हुने हो कि ? शरीर वास्तवमा आत्माको, चेतनाको एउटा वाहक मात्र हो कि शरीरको अस्तित्वविना आत्माको पोषण हुन सक्दैन ? शरीरको आविष्कार गर्ने आत्मा हो भने आत्माको आविष्कार कसरी हुन्छ ? चेतना र शरीरको बिचमा के सम्बन्ध छ ? आदि धेरै कुराहरूले अझै मथिङ्गल खियाइरहेको पाइन्छ । बाटो त बनेको हुन्छ, तर त्यो बाटोको विकल्प दिइसक्नेले प्रतिपादित सिद्धान्तलाई कति व्यावहारिकता प्रदान गरेका छन् । प्रश्नोपनिषदमा तर्क र प्रमाण दिन खोजिएको छ- सबैभन्दा ठुलो प्राण वायु हो तर त्यसको आविष्कार कसले गरेको हो भन्ने भन्ने कुरामा आस्तिकता र नास्तिकताको सीमारेखा देखिन्छ ।

आजको विश्व , राष्ट्रिय र स्थानीय समाज यिनै उपलब्धि र विवादका बिचको बाटोमा सतर्कताका साथ चलिरहेको छ । शरीरका पक्षमा र आत्माका पक्षमा जो जता लागे पनि समाज सहज तरिकाले हिँडेको जस्तो लाग्छ । जसले बाटो बनाउँछ, उसले त्यसको मार्गदर्शन गरेको बेलामा समाज सहजीकरण तर्फ अगाडि बढेको हुन्छ र  जसले बाटो बनाउँदैन, उसले त्यो बाटोको बारेमा अनुसन्धानले मात्र थाहा पाउँछ भन्ने मान्यता छ । कोही पनि अमर हुँदैन । तर सुख र खुसीको खोजी जारी छ मानव सभ्यतामा किनभने ब्रह्माण्डका बारेमा, वनस्पतिका  बारेमा, वन्यजन्तुका बारेमा सोच्ने त मान्छेले नै परेको छ । सायद यही दर्शनको विविधताले होला, राजनीतिक प्रणालीहरू पनि फरक फरक पाइन्छन् । सिद्धान्त तः एउटै राजनीतिक प्रणाली मान्नेहरू पनि फरक फरक तरिकाले समाजको आवश्यकता पूरा गर्न लागेका छन् ।

आधुनिक संसारमा प्रजातन्त्रलाई जनताको पक्षमा रहेको राजनीतिक प्रणाली भनेर मानेका छन् र  जस्तोसुकै जनताविरुद्ध , जनतालाई अभिव्यक्ति स्वतन्त्रता नदिने राज्यहरूले पनि आफूलाई प्रजातान्त्रिक बताउँछन् र भिन्ने सिद्धान्तको प्रजातन्त्रको पक्षमा आफ्नू देश रहेको भन्छन् तर जसको जुन सिद्धान्त भए पनि जनताका पक्षमा हुनुपर्छ जबकि प्रजातन्त्रमा मात्र त्यो स्वतन्त्रता छ भन्ने सार्वजनिक मान्यता छ किनभने त्यहाँ जनताको सार्वभौमिकता स्पष्ट देखिन्छ र आवधिक निर्वाचनमार्फत जनताले आफ्ना धारणा मौनताका साथ व्यक्त गर्छन् भन्ने विश्वव्यापी मान्यता छ । 

पछिल्लो  समयमा यसको लागि एउटा मानक तयार भएको छ , जुन देशले जति आफ्ना सूचनाहरू खुलासा गर्छ, जनतालाई सूचनामा पहुँच दिन्छ, त्यो देश त्यति नै प्रजातान्त्रिक हुन्छ । जनताले त्यही पक्षलाई मान्दा रहेछन् जसले जनताको सूचना प्राप्त गर्ने हकका लागि पक्ष लिएका हुन्छन् । यसको उदाहरण भारतमा पाइन्छ । हुन त भारतमा भ्रष्टाचार बढेकै छ, त्यहाँको शासन प्रणाली त्यति खुला छैन जति एउटा प्रजातान्त्रिक मुलुकमा हुनुपर्ने हो तर सूचनाको हकको व्यवस्थाले त्यहाँका आम जनताको के धारणा पाइन्छ भने महात्मा गान्धीले स्वराज दिलाउनु भयो, अङ्ग्रेजलाई अहिँसात्मक आन्दोलनमार्फत  भारतबाट सदाका लागि पठाउनु भयो र भारतमा भारतीयको राज्य कायम गर्नुभयो । त्यसको पनि समयावधिले त्यो शासन प्रक्रियालाई खिया लगाउन थाल्यो तर सूचनाको हकले त्यो स्वराजलाई बचाउने आशाको किरण देखाएको छ । भारतमा त्यो सूचनाको हकले जनतालाई सशक्तीकरण गरेको मानिन्छ । 

यस सम्बन्धमा भारतमा धेरै प्रयासहरू भएका रहेछन् । अरु त अरु, प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नीले समेत प्रधानमन्त्रीकी पत्नीले पाउने सुविधाका बारेमा सूचना मागेकी थिइन् । त्यो बारेमा खासै जबाफ उनले पाएको जस्तो लागेन तर  कुरो के महत्त्वपूर्ण हो भने आफ्ना पतिका तर्फबाट वास्ता नगरिएपछि उनले पनि कानुनी त्यस्तो बाटो रोजिन् जसले बाध्यताका साथ सरकारले वा सरोकारवालाले जबाफ दिनै पर्छ । म सन् २०१७मा आफ्नो व्यक्तिगत कामले धार्मिक यात्रामा गएको थिएँ, त्यो बेलामा त्यहाँको स्थानीय पत्रिकामा त्यस्तो समाचार पढेको थिएँ ।

अझ दुई दुई पटक दिल्लीको मुख्यमन्त्री हुनुभएका आम आदमी पार्टीका नेता अरविन्द केजरीवालको राजनीतिक यात्राको मुख्य खुड्किलो नै जनताका अति आवश्यक कुराहरूमा दिइने सुविधाका बारेमा सूचनाका हक प्रयोग गरेर सामान्य झुग्गी झोपडीमा बस्नेदेखि मध्यम वर्गीय जनताका लागि दिइने सुविधा र त्यसको खोजी गरी उनीहरूलाई सुविधा दिलाउने कामबाट भएको देखिन्छ । सन् २०१२को अक्टोबर ७ देखि १६ अक्टोबरसम्म भारतको सूचनाको हकसम्बन्धीमा अध्ययन भ्रमणमा गएको थिएँ फ्रिडम फोरमका तर्फबाट । मैले भारतको सूचनाको हकको सफल प्रयोग र सूचनाका अभियन्ताप्रतिको कष्टप्रद यात्राका बारेमा सुनेको थिएँ तर भारतमै गएर अध्ययन  गर्ने मौका परेको थिएन ।

तत्कालीन अवस्थामा फ्रिडम फोरमका अध्यक्ष भाइ तारानाथ दाहाले मलाई एउटा अध्ययन भ्रमण तथा सेमिनारका बारेमा निम्ता आएको छ नेपाललाई हाम्रो संस्थामार्फत , दाइ जानुहुन्छ त ? भनेपछि मलाई लाग्यो आधुनिक राज्य संयन्त्रलाई भ्रष्टाचार मुक्त, पारदर्शी, नियमित र जनताका पहुँचमा पुर्‍याउन मुख्य औजारका रुपमा तयार गरिएको सार्वजनिक संस्थाहरू वा सार्वजनिक निकायका बारेमा आत्म अनुशासनमा बस्ने सजिलो तर अचुक उपायका रुपमा मानिएको सूचनाको हकसम्बन्धी सेमिनार तथा अध्ययन भ्रमणका जाने भएँ ।

म र सूचनाका हकसम्बन्धी नागरिक सहभागिताका भाइ बलराम दाहाल, हामी दुई भाइ दिल्ली गयौँ र त्यसको आयोजना गरेको थियो कमनवेल्थ ह्युमान राइट्स इनिसियटिभले गरेको रहेछ र त्यो संस्थाको निर्देशकमा माया दारुवाला थिइन् जो  भारतीय स्थल सेनाध्यक्ष भइसकेको महारथी मानेकसाकी छोरी रहिछन् । महारथी मानेकसाको नाम यहाँ जोड्नुको कारण हो, जुन दिन उनीसँग भेट्ने  समय थियो, उनले त अरु बङ्गलादेशी, श्रीलङ्काली, मालदिपका साथीहरू हुँदाहुँदै उनी त हामीसँग मज्जाले नेपालीका कुरा गर्न थालिन् र भनिन्—मेरो बाल्यकालमा गोरखाली सेना मानिने नेपाली दाजुभाइहरूसँग लामै सम्पर्कमै रहेकीले मलाई नेपाली बोल्न पनि आउँछ, नेपाली खानाको स्वाद पनि थाहा छ र नेपाली गीत पनि मज्जाले गाउन जान्दछु । 

अरुणा राय र शैलेश गान्धीका साथमा

वास्तवमा सूचनाको हकको अभियन्ताका रुपमा त्यो संस्थाका सूचनाको हकसम्बन्धी सर्वेसर्वा बेँकटेश नायक थिए । उनी सरल चालचलनका तर भारतका धेरै प्रशासकहरू उनीसँग डराउने रहेछन् किनभने उनले केन्द्रीय सूचना आयोगसँग मिलेर धेरै काम गरेका रहेछन् । त्यति मात्र होइन, उनी सूचनाको हकसम्बन्धीमा विश्व कोश नै रहेछन् । केन्द्रीय सूचना आयोगको आयोजनामा प्रादेशिक सूचना आयोगहरूको वार्षिक सम्मेलनमा समेत उनले नै कार्यपत्र प्रस्तुत गरेका थिए । उनलाई तत्कालीन प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा मञ्चमा आउँदा आउँदै के छ बेँकटेशजी भनेर सोधेका थिए र भोलिपल्ट समापन समारोहमा आउँदा तत्कालीन सभामुख मिरा कुमारले त बारम्बार आफ्नो मन्तव्यमा बेंकटेशको नाम लिएर प्रशंसा गरिन् र भनिन् -मलाई उनीजस्ता अभियन्ताप्रति गर्व छ । भएको के थियो भने उनले पहिलो दिनको कार्यपत्र प्रस्तुत गर्दा सूचनाको हकलाई केन्द्रीय प्रशासन र प्रादेशिक प्रशासनहरूले वास्ता गर्दैनन् ।

त्यो बेलामा विहार सरकार भने अपवादमा थियो किनभने विहार सरकारले लिखित तथा मौखिक जसरी भए पनि सूचनाको हकका बारेमा सुन्नुपर्ने र बेलैमा सूचना उपलब्ध गराउनु पर्ने बाध्यता पारेको रहेछ । डाक्टर मनमोहन सिंहले सूचनाको गोपनीयताका बारेमा बढी जोड दिएका थिए भने मिरा कुमारले लोकसभाबाट सूचनाको हकका प्रावधानलाई नखुम्च्याउने कुरामा आफू सतर्क रहेको र सांसदले त्यसलाई अङ्कुश लगाउने दृढता देखाइन् । सिंहले बेँकटेशलाई इङ्गित गर्दै भनेका थिए-तपाईँको कार्यपत्रले व्यक्तिको गोपनीयता हकलाई कुण्ठित गर्ने छ र व्यक्ति बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुनेछ । अनि मिरा कुमारले भनेकी थिइन् - व्यक्ति स्वतन्त्र रूपले सूचनाको पहुँचमा पुगे मात्र मुलुकमा पारदर्शिता आउने छ अनि मात्र भ्रष्टाचारमुक्त भारतको कल्पना गर्न सकिने छ । सामाजिक अभियन्ताहरू र भारतका प्रतिष्ठित राजनेताहरू समेत सूचनाको हकका पक्षमा लागेका पाइए जस्तै कि  वाजियात हबिबुल्लाह, अरुणा राय, शैलेश गान्धी, डी राजु । त्यसैले मलाई लाग्यो किन सूचनाको हकले  गति लिएको रहेछ भारतमा , भारतमा एउटा राम्रो पक्ष के रहेछ भने राजनीतिज्ञहरू पनि सूचनाका अभियन्ताका रुपमा देखिएका रहेछन् । 

सार्वजनिक सुनुवाइ भएको गान्धी शान्ति प्रतिष्ठान

दुर्भाग्य के रहेछ भने भारतीय प्रधानमन्त्री र सभामुखहरूको कार्यक्रम भएकाले सुरक्षाका लागि पनि सेनाको रिसर्च सेल भएको ठाउँको प्रेक्षालयमा ठाउँको व्यवस्था गरिएकोले त्यहाँ कुनै मोबाइल फोन, क्यामेरा लान नपाइने रहेछ । कसै कसैले स्मार्ट फोन लगेका रहेछन् लुकाएर, प्रधानमन्त्री गएपछि फोटो खिचेको देखियो । त्यो कार्यक्रम सुरु हुनुभन्दा पहिले गान्धी शान्ति प्रतिष्ठानमा सार्वजनिक सुनुवाइ भएको थियो वार्षिक कार्यक्रममा भाग लिन आएका  आयुक्तहरूको समेत सहभागितामा । त्यहाँ प्रत्येक प्रदेशबाट समस्या राखियो ।

बेँकटेश नायक

एउटा समस्या भनियो आयोगका बारेमा - जसरी हुन्छ सूचना नपाएर पुनरावेदन गरेर सूचना पाउनका लागि माग्न आउनेलाई बलैमा निर्णय नगरी वाक्क बनाउने । यसमा के रहेछ भने सूचना आयोगहरू अदालत जस्तै प्रमाणका लागि समय खपत गर्ने रहेछन् जबकि यो तत्कालीन समस्याका बारेमा मागिएको सूचना हुन्छ । अर्थात् भनियो , अदालतहरू तत्काल न्याय दिनुपर्छ भनेर कार्यविधि बनाउने सामाजिक न्यायका लागि, अनि सामाजिक न्यायका लागि सूचना आयोगका व्यवस्था गरेको ठाउँमा विवादमा नपर्नका लागि अनुसन्धान गरेर , वकिल बकाएर बस्ने भने पछि कसरी बेलैमा सूचना पाउन सकिन्छ र ? खास गरी शैलेश गान्धी, अरुणा राय र बाजियात हबिबुल्लाहले केन्द्रीय आयोग र प्रादेशिक आयोगहरूको आलोचना गरे । मेरो जानकारीमा हबिबुल्लाह पहिलो प्रमुख आयुक्त हुन् र शैलेश गान्धी केन्द्रीय आयोगमा तत्काल सूचनाका हक सम्बन्धी निर्णय गर्नुपर्छ भन्ने केन्द्रीय आयुक्त थिए तर  उनलाई राजीनामा दिन बाध्य गराएका थिए रे !  अरुणा राय त परमाणु भट्टी बसेको ठाउँमा किसानहरूको जग्गाको मुआब्जाका बारेमा किसानहरूसँगै बसेर आमरण अनसन बस्ने अभियन्ता रहिछन् । 

सतर्क समूह जसले पछि आम आदमी पार्टी खोलेर  जनताका मागलाई सम्बोधन गरिरहेका छन् अञ्जलि भारद्वाज जसले विश्व बै‌ङ्कको अन्तराष्ट्रि जागिर छोडेर जनताको सूचनाको हकको काम  गरेर समाज सेवा गरिरहेकी थिइन् चस्मा लगाउने ।