काठमाडौ मेडिकल कलेजद्वरा कार्की र पाध्ये सम्मानित

काठमाडौ मेडिकल कलेजद्वरा कार्की र पाध्ये सम्मानित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

भक्तपुर । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो  २० औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित भक्तपुरको दुवाकोट स्थित कलेज परिसरमा मनाएको छ । 

२० औँ वार्षिकोत्सवको सन्दर्भ पारेर प्रा.डा.‍डि.बी.कार्कीलाई ‘केएमसी चेयरमेन अवार्ड’ र प्रा.डा. सरस्वती उपाध्यायलाई ‘सीइओज अफ अवार्ड अफ एक्सीलेन्स’द्धरा सम्मानित गरिएको थियो । 
काठमाडौँ विश्वविद्यालयका सहायक डिन डा. रमेश मकाजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा  एमबीबीएस, नर्सिङ र बीडीएस कार्यक्रमका विभिन्न तहका परीक्षाहरूमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई स्वर्णपदक, तक्मा, ल्यापटप, ट्याबलेट तथा नगद पुरस्कार प्रदान गरिएको थियो । 

सोही अवसरमा २०७५सालमा कलेजले आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रममा विजयी हुने प्रतियोगी विदार्थीहरुलाई पनि तक्मा तथा प्रमाणपत्र वितरण समेत गरिएको थियो । 
उक्त कार्यक्रममा काठमाडौँ मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदर पोखरेल,प्राचार्य प्रा.डा.चन्दा कार्की, काठमाडौँ विश्वविदालयका सहायक डिन प्रा.डा रमेश मकाजु, सञ्चालक समितिका अध्यक्ष रविन्द्रराज पाण्डे लगायतका बत्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

कलेजले दिएको जानककारी अनुसार सिनामंगल काठमाडौँमा ६४५ र भक्तपुरको दुवाकोटमा १०५ गरी जम्मा ७५० शैयाको अस्पताल सञ्चालन गरिरहेको छ भने कलेजकाट हालसम्म १५ सय ५६ जनाले एमबिबिएस उतिर्ण गरिसेका छन् । त्यसै गर विभिन्न विषयमा १सय ४६ जनाले स्नातक तह र बि एसी नर्सिङमा हालसम्म २ सय २० जनाले र बिडिएस तर्फ ६१ जनाले उतिर्ण गरिसकेको पनि कलेजले जानकारी दिएको छ ।  कलेजमा हाल १०२१ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको र कलेज समय समयमा सबैभन्दा धेरे कर बुझाउने संस्थाको रूपमा नेपाल सरकारबाट पुरस्कृत हुँदै आएको समेत कलेजले जानकारी दिएको छ ।