अब दुई प्रकारको लाइसेन्स

अब दुई प्रकारको लाइसेन्स

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  असार ६, २०७८

काठमाडौं । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक   अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र  वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, “पीभीसी  कार्डमा  स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा बार कोड हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको  हुन्छ ।’’ त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र  प्राप्त नहुञ्जेलसम्मका लागि  नयाँ  कार्ड  वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि  निवेदन दिएका व्यक्तिलाई क्यूआर (क्विक  रेसपोन्स)  कोडसहितको  एउटै  किसिमको पीभीसी कार्ड वितरण गरिने बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।