१० लाख रुपैयाँ जरिवाना

१० लाख रुपैयाँ जरिवाना

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६

पंजाब हाइकोर्टले बलिउड सिंगर विशाल दद्लानिमाथि १० लाख रुपैयाँ जरिवाना तोकेको छ । 

भारतका अति प्रसिद्ध सन्त जैन मूनी तरुण सागरमाथि अभद्र कमेण्ट गरेका कारण ददलानीमाथि यो जरिवाना तोकिएको हो । जैन मूनी तरुण सागरको केही महिना पहिला निधन भैसकेको छ । 
दद्लानीका साथै अर्का राजनीतिक कार्यकर्ता तहसिन पुनावालामाथि पनि १० लाखको जरिवाना तोकिएको छ । यी दुबै जनाले सामाजिक संजालमा जैन मूनीमाथि अशोभनीय टिप्पणी गरेका थिए । 

गत अगष्टमा हरियाणा सरकारले हरियाणा विधानसभामा जैन मूनीलाई सम्बोधन गर्ने निमन्त्रण दिएको थियो । जैन मूनीले विधान सभामा सम्बोधन गरेपछि दद्लानी र पुनावाला सामाजिक संजालमा राज्य सरकार एवं जैन मूनीको हाँसो उडाएका थिए । अदालतले दुबैजनालाई दिवंगत जैन मूनीको तरुण सागर क्रान्ति ट्रष्टमा जरिवानाको रकम जम्मा गर्ने निर्दैश दिएको छ ।