युरोकप; इटाली समूह विजेता, पराजित वेल्स अन्तिम १६ मा

युरोकप; इटाली समूह विजेता, पराजित वेल्स अन्तिम १६ मा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ७, २०७८

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा इटाली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे ।

खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् ।

यस जितसँगै समूह ‘ए’को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो ।

इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो ।