महत, ढकाल र शर्माविरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

महत, ढकाल र शर्माविरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ९, २०७८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फरछ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फरछ्यौट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तले करदातासँग कर फछ्र्योट सम्झौता गरेको पाइएको छ ।

आयोगले उनीहरुविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३८५ बराबरको बिगो दावी गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायसमेत माग गरिएको छ ।