हरिसिद्धिको चार सय २० रोपनी : एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिना

हरिसिद्धिको चार सय २० रोपनी : एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिना

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडौं । कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ।

कारखानाका सञ्चालकले कतिपय जग्गा बिक्री गर्नुका साथै र बैंकमा धितो राखी ऋण नतिरेर लिलामीमा पु-याएको भेटिएको छ। पटकपटक गरी विभिन्न कम्पनिलाई एक सय रोपनीभन्दा बढी जग्गा बिक्री गरिएको छ। झन्डै तीन सय रोपनी जग्गा विभिन्न बैंकमा धितोमा राखी लिलामीको अवस्थामा पु¥याइएको छ। योजनाबद्ध रुपमा जग्गा कब्जा गरी बिक्री गर्न हरिसिद्धिका सञ्चालकमध्येका जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ दाजुभाइको संलग्नता देखिएको छ। उनीहरु एनबी समूहका भनेर चिनिन्छन्।

किसानबाट अधिग्रहण गरिएको जग्गामध्ये २७ रोपनीको नेपाल क्यान्सर अस्पताल र ६ रोपनीको विजयद्वीप ल्याबरटरिजका नाममा लालपुर्जा बनेको छ। उनीहरुले उक्त जग्गामा नक्सा पास समेत गरेर भवन बनाई कम्पनी सञ्चालनमा ल्याएका छन्। बी एन्ड बी हस्पिटलले ४७ रोपनी, बागमती हाउजिङले २५ रोपनी र विना श्रेष्ठले दुई रोपनी जग्गाको लालपुर्जा निकालेका छन्। बाँकी जग्गामध्ये ७६ रोपनी नेपाल बंगलादेश बैंकमा धितो राखिएको छ। यस्तै एनसिसी बैंकमा दुई सय पाँच रोपनी धितो राखी ऋण लिई नतिरेपछि सोमध्ये एक सय २० रोपनी बैंकले नै सकार गरेको छ। बाँकी जग्गा एनसिसी बैंकमै रोक्का छ। एनसिसी बैंकले सकार गरेको जग्गामध्ये २५ रोपनी बागमती हाउजिङलाई बिक्री गरिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।