सात विद्यालयमा खानेपानी सुविधा

सात विद्यालयमा खानेपानी सुविधा

लोकसंवाद संवाददाता  |  समाज  |  असार ११, २०७८

दमक । रोटरी क्लब अफ दमकले यहाँका सात सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । हेप्पी स्कूल कार्यक्रमअन्तर्गत रोटरीले स्वच्छ खानेपानीको सुविधा पु¥याउन दमकका विभिन्न सात विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ । 

दमक रोटरीका पूर्व अध्यक्षसमेत रहनुभएका खानेपानी परियोजनाका संयोजक सन्दिप चापागाईले खानेपानीको धारा नपुगेका ग्रामीण भेगका विद्यालयमा त्यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

यसै क्रममा दमक—४ स्थित अडियामलमा रहेको विद्योदय आधारभूत विद्यालयमा निर्मित खानेपानी परियोजनाको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उद्घाटन गर्नुभयो । रोटरीले सो खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण पनि गरिसकेको छ । 

रोटरीले प्रत्येक वर्ष हेप्पी स्कूल कार्यक्रमअन्तर्गत स्थानीय सामुदायिक विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन त्यस्तो परियोजना सञ्चालन गर्दै आएको छ । रोटरी क्लब अफ दमककी अध्यक्ष शान्ता नेपाल ढकालले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी बर्सेनी परियोजनामार्फत खानेपानीको व्यवस्था गरिंदै आएको बताउनुभयो । 

रोटरीले आन्तरिक स्रोत जुटाएर स्वच्छ पिउने पानीका लागि ट्याङकीलगायतका संरचना निर्माण गरिआएको छ ।