मोटरसाईकलबाट खसेर घाइते युवकको उपचारका क्रममा  मृत्यु

मोटरसाईकलबाट खसेर घाइते युवकको उपचारका क्रममा  मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार ११, २०७८

पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् । 

मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।